दम्पतीले जान्नुपर्ने एकअर्काको कुरा

२१ बैशाख २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया
4 Shares


एकअर्काप्रति विश्वास, भरोसा, आत्मीयताले दाम्पत्य जीवन सुखमय हुन्छ। एकअर्काको दुःखसुख बुझ्ने, रुचि र आकांक्षा बुझ्ने हुनुपर्छ । साथसाथै आपसमा ख्याल पनि राख्नुपर्छ। जब श्रीमान्श्री-मती दुवै मानसिक र शारीरिक रुपमा स्वस्थ, तन्दुरुस्त हुन्छन्। तब उनीहरूको जीवन हाँसीखुसी बित्छ। पार्टनरको पारिवारिक स्वास्थ्य – परिवारमा कसलाई कस्तो स्वास्थ्य समस्या छ भन्नेबारे जानकारी हुनैपर्छ । मधुमेहदेखि उच्च रक्तचाप जस्ता समस्याले कोही न कोही ग्रसित हुन सक्छन् ।आफ्नो परिवारका स्वास्थ्य स्थितिबारे बेलाबखत छलफल गर्नुपर्छ।परिवारको रोगबाट बेवास्ता गरियो भने त्यसको प्रभाव दोस्रो पुस्तामा समेत देखिन सक्छ । तपाईंको बच्चाले जन्मिँदै रोग लिएर आएको हुन सक्छ ।परिवारका सदस्य बेलाबेलामा आफ्नो स्वास्थ्य जाँच गराउनुपर्छ ।

साथै, विज्ञको परामर्श पनि लिनुपर्छ । पार्टनरको तौल –अक्सर एकसाथ भएर पनि थाहा हुँदैन कि पार्टनरको शरीर कति भद्दा भइसक्यो भन्ने कुरा। यदि पार्टनरको तौल अनियन्त्रित रुपमा बढ्दैछ भने त्यसलाई नियन्त्रण गर्न सहयोगी भूमिका खेल्नुपर्छ ।– यदि तौल बढिरहेको छ भने डाइट प्लान बनाउने, व्यायाम गर्ने कामलाई निरन्तरता दिन सकिन्छ ।सुत्ने तालिकाबारे चासो– सुत्ने बानीमा परिवर्तन हुँदैछ भने सर्तक हुनुपर्छ । किनभने, पार्टनर मानसिक चिन्तामा पो छन् कि यदि पार्टनर लगातार तनावमा छन् भने उनीहरू सुत्न सक्दैनन् । उनीहरू बिस्तारैबिस्तारै आक्रमक र रिसाह हुँदै जान्छन् ।पार्टनरसँग बुझ्नुपर्छ कि उसलाई के कुराले चिन्तित बनाएको छ पार्टनरलाई आवश्यक सल्लाह, सुझाव दिने र हौसला बढाइदिने काम गर्नुपर्छ ।कुनै यौनजन्य रोग छ कि पार्टनरलाई यौनजन्य रोग भएर पनि त्यसलाई लुकाउन सक्छ । तर, यस्तो कुरा पार्टनरबीच खुलस्त हुनुपर्छ ।पार्टनरलाई यौनजन्य रोग भए दुवै मिलेर त्यसको निदान खोज्नुपर्छ ।मानसिक स्वस्थ्य स्थिति  पार्टनर किन झर्किन्छ, किन चाँडै रिसाउँछ रु त्यसको कुनै न कुनै कारण हुन सक्छ । – पार्टनर रिसाएको बेला वादविवाद गर्नेभन्दा बरु रिसाउनुको कारण खोज्नुपर्छ । यसले सही निकास निकाल्न सजिलो हुन्छ। श्रीमान र श्रीमती मानसिक रुपले पनि स्वस्थ्य हुनुपर्छ।@onlinekhabr

फेसबुकबाट तपाईको प्रतिक्रिया