कञ्चन गाउपालिकाको बिशेष सूचना, अटेर गरी संचालन गर्ने सवारी साधन जफत हुने

प्रकाशित मिति:

२१ बैसाख,कञ्चन – विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले आह्वान गरेको बन्दाबन्दीको समयमा यस कञ्चन गाउँपालिका भित्र गाडी तथा मोटरसाईकल संचालन पुर्ण रुपमा रोक लगाउन रुपन्देहीको कञ्चन गाउपालिकाले आफ्नो गाउपालिका भित्र लकडाउनको उल्लंघन गर्दै पास बिना निजी सवारी साधनहरु र अन्य मानिसहरु समेत आवत जावत भैरहेको भन्दै लकडाउनको पुर्ण पालना गर्न गराउन कञ्चनवासीमा बिशेष अनुरोध सहितको सूचना प्रकाशन गरेको छ। पछिल्लो समय कञ्चन गाउपालिकामा कञ्चन गाउपालिका भित्रका र छिमेकी पालिकाहरुवाट समेत बिशेष पास बिनाका निजी सवारी साधनका गाडी तथा मोटरसाइकल र साइकल निर्वाद रुपमा संचालन हुदै आइरहेको छ ।जसले गर्दा कोरोना संक्रमणको जोखिम उच्च रहने ठहर गर्दै हिजो मात्र प्रतिपक्षी दलहरुले लकडाउनलाई कडाइका साथ लागु गर्न भनि ध्यानाकर्षण गराएको थियो ।

लकडाउनको समयमा पनि कञ्चन गाउपालिकाले अत्यावस्यक नभएको कामहरु घर अगाडीको नाली पुर्न,आगन सम्याउन,खेत सम्याउन जस्ता कामहरुमा समेत सवारी साधन संचालनको अनुमती दिएको जसले गर्दा अन्य सवारीका साधनहरु समेत निर्वाद रुपमा संचालन हुदै आएको छ।यस्तै छिमेकी पालिकाहरु गैडहवा,सैनामैना र छिमेकी जिल्ला कपिलबस्तुको बाणगंगा नगरपालिकाहरुबाट निजी ट्याक्टर,मोटरसाइकल,जेसिभी लगायतका सवारी साधनहरु बिना अनुमती कञ्चन गाउपालिका भित्र आवत जावत गरिरहेको सन्दर्भलाई मध्यनजर गर्दै आज सवारी साधनहरुको आवागमनलाई पुर्ण रुपमा बन्देज लगाउन बिशेष सूचना जारी गरेको छ।कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ नेपाल सरकारले घोषण गरेको लकडाउन पुर्ण रुपले पालना गर्नु पर्ने र अत्यावस्य कामको लागि यस कार्यलय भित्र सवारी साधन लिइ हिडुनु परेमाअनिवार्य रुपमासवारी पास लिई हिड्नु हुन र सवारी पास नलिइ हिडेका सवारी साधन सुरक्षा निकायबाट जफत हुने उल्लेख गरिएको छ ।