प्रधानमन्त्रिले बोलाए ३ बजे मन्त्रिपरिषद बैठक

प्रकाशित मिति:

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

रुघाखोकी र ज्वरोका कारण दुई दिनदेखि नियमित भेटघाट र बैठकबाटसमेत टाढा रहेका ओलीको ज्वरो नियन्त्रणमा आई स्वास्थ्यमा सुधार भइरहेको उनको सचिवालयले जनाएको छ । अहिले ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नै मन्त्रिपरिषद बैठक बोलाइएको छ । यसअघि प्रधानमन्त्रीको अस्वस्थताका कारण शुक्रबार मन्त्रिपरिषद बैठक स्थगित गरिएको थियो ।