सामाजिक सुरक्षा भत्ता लिएर जनताको घरघरमा प्रमुख खनाल

प्रकाशित मिति:

चुत्र महतवैशाख २१, भीरकोट   विश्व भरी माहामारीको रुपमा अद्रिश्य रुप लिई घुमीरहेको कोरोना भाइरस कोविड १९ ले नेपालमा प्रवेश गरी अहिले आफ्नो सख्यामा वृद्धी ल्याउनको लागी जोडवल गरी रहेको अवस्थामा त्यसको संक्रमण वाट वच्न नेपाल लक डाउन गरीएको छ । यस वाट प्रत्यक्ष रुपमा प्रभावित अति विपन्न,गरिव, असाय र ज्यालादारी गरी साँझ विहानको छाँक टार्दै आएका भीरकोट वासी जनतालाई एक महिना सम्म खाना खान पुग्ने खाद्यान्न सामाग्री सहित भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनाल टोल संयोजकहरुको साथ अशक्त,असाय र हिडडुल गर्न नस्कने लाभग्राहीलाई घर घरमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गर्दैमा दिन चार्य विताइ रहनु भएको छ । पहिलो चरणमा ८४० जाना र दोस्रो चरणको राहत वितरणमा भीरकोट नगरपालिकामा वसोवास गर्ने लक डाउनवाट प्रभावित ९ वटा वाडका १४ सय ३९ घरपरिवारलाई राहत सामाग्री वितरण गरी सकिएको नगर प्रवत्ता दिपेन्द्र केसीले वताए ।

२ जना घर परिवार भएको घरमा १० केजी चामल, २ केजी दाल, २ केजि नुन र १ लिटर तेल त्यसैगरी २ जनाको परिवार देखी ५ जना सम्मको परिवारलाई २० केजी चामल,२ केजी दाल,२ केजी नुन र १ लिटर तेल त्यसैगरी ५ जनाको परिवार भन्दा माथीको लाई २५ केजी चामल,२ केजी दाल,२ किलो नुन र १ लिटर तेल राहत स्वरुप एक महिना सम्म खान पुग्ने गरी वितरण गरीएको वताउदै प्रमुख खनालले भीरकोट नगरपालिकाका ९ वटा वाडमा जेष्ठ नागरीक १७२२ जाना,एकल महिला ६० वर्ष माथीका ४४३ जाना,एकल महिला ६० वर्ष मुनिका ६७९ जाना जेष्ठ नागरीक दलित २६५ जाना पूर्ण अपाँग ७६ जाना,आम्सीक अपाँग १०७ गरी ३२५४ जना लाभग्राहीलाई दोस्रो चौमासिकको २ करोड १९ लाख ३३ हजार २ सय ८० रुपैया सामाजिक सुरक्षा भत्ता वितरण गरी सकिएको भन्दै प्रमुख खनालले अशक्त, असाय र हिडडुल गर्न नस्कने वृद्ध वुवा आमालाई उनीहरुकै घर दैलोमा गएर सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कार्य पनि राहत वितरण संगसगै सम्पन्न भएको वताए ।