नेपाली विद्यार्थीको गुहार,‘हामी विचलित छौं, घर पुग्न चाहन्छौं’

प्रकाशित मिति:

२१ बैशाख, कपिलबस्तु । भारतमा पारुल विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले आफुहरु विचलित छौं र लक डाउन खुल्ने वित्तिकै हामी हाम्रो घरमा पुग्न चाहन्छौं भन्दै उद्दारको लागि गुहार मागेका छन् ।भारतको गुजरातमा स्थित रहेको पारुल विश्व विद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थी कपिलबस्तु बाणगंगा–८ बोर्डगाउँ निवासी एलिजा अर्यालले पत्रकारलाई चिठ्ठी पठाउँदै स्थानिय सरकार तथा नेपाल सरकारलाई आग्रह गरिदिनुहुन अपिल समेत गर्नुभएको छ । उहाँले गुजरातको अवस्था दिन प्रतिदिन विग्रिदै गएको भन्दै नेपाल सरकारलाई यस पारुल विश्वविद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थिहरुलाई उद्दार गरिदिनुहुन अनुरोध गर्नुभएको छ ।उहाँले कोरोना भाइरसको त्रास बढ्दै गएपछि आफुहरु चिन्तित रहेको बताउँदै सुरक्षित आफ्नो घर, आफ्नो देशमा फर्किन चाहेको बताउँनुभयो । अहिले पारुल विश्व विद्यालयमा कपिलबस्तु, रुपन्देही, नवलपरासी, जनकपुर, विराटनगर, काठमण्डौं, विरगंज, कन्चनपुर, धनुषा, सिमरा, सर्लाही, रामेछाप, मकवानपुर, मोरङ सहित विभिन्न जिल्लाका लगभग २ सय नेपाली विद्यार्थीहरू रहेको र ३२ जना विद्यार्थिहरुको नाम, फोन नम्मर, ठेगाना मेल मार्फत पठाएको जनकारी दिनुभयो । एलिजा अर्यालले चिठ्ठीमा यस्तो लेख्नुभएको छ ।

आदणिय सर- मेडम हामी पारुल विश्वविद्यालयका विद्यार्थी हौं । हामीलाई थाहा थिएन कि गुजरातको अवस्था एक दिन झन नराम्रो हुनेछ । त्यसभन्दा बढी २०० नेपाली विद्यार्थीहरू अहिले यस कलेजमा छन् । हामीलाई थाहा छ कि भारतमा अहिले अन्य राज्यहरूको तुलनामा गुजरातको अवस्था एकदम खराब छ । हामी सबै यति विचलित छौं र लकडाउन खोल्ने बित्तिकै हाम्रो घरमा पुग्न चाहन्छौं । अहिले हामी सुरक्षित छौं तर कहिले सम्म थाहा छैन हामी डराई रहेकाछौं ।
हामी अनुरोध गर्न चाहान्छौं कि कृपया हामीलाई सिमाना सम्म पुग्न सुरक्षित घरमा व्यवस्था गर्नुहोस् र घरमा सुरक्षित रूपमा आउनुहोस् । कलेजमा रहेका सबै भारतीय विद्यार्थीहरू भारतीय सरकारी सेवाको सहयोगमा घर जाँदै छन् । कृपया हामीलाई हाम्रो घरमा पुग्न सहयोग गर्नुहोस् । हामी यहाँ सुरक्षित हुने छैनौं । म यस होस्टलमा रही अध्ययन गरि रहेका विद्यार्थिहरुको डाटा संलग्न गर्न चाहन्छु । हामी तपाईंको सकारात्मक प्रतिक्रियाको लागि आशा गर्दछौं ।   एलिजा अर्याल नेपाली विद्यार्थी पारुल विश्वविद्यालय