तरकारीले बजार नपाउदा कृषक तरकारी पेशा छोड्न बाध्य हुदै,

प्रकाशित मिति:

रामु भुसाल नवलपरासी । कारोना भाइरस कोभिड १९ को महामारीबाट विश्व आक्रान्त भइरहदा यसले गर्दा कृषी क्षेत्रमा पनि ठुलो असर पारेको छ । महामारीबाट जोगिन विश्वका विभिन्न मुलुकहरुले देश नै पुर्ण रुपमा लकडाउन गरेको अवस्था भएको हुदा कृषी बजारिकरण देखी लिएर कृषकलाई समेत आफ्नो लगानी उठाउन समस्या भइरहेको पाइएको छ । यसैबीच, पश्चिम नवलपरासीमा पनि सात वटै पालिकाहरुमा तरकारी खे तीमा रम्दै आएका किसानहरु यती खेर आफ्नो उत्पादन विक्रि नभई खेतमै कुहिन थालेपछी निराश भएका छन । तरकारी खेतीबाट दैनिक गुजारा देखी लिएर हजारौको संख्यामा रोजगारी दिने किसानहरु यती बेला लकडाउनले गर्दा आफ्नो लगानी समेत उठाउन सकेका छैनन । यती बेला बजारिकरणको लागी खेतमा तरकारी तयार भएपनि लकडाउनले गर्दा बजारबन्द भएको अवस्थामा आफुहरुले आफ्नो उत्पादनलाई एक जिल्लाबाट अर्को जिल्लामा विक्रिवितरण गर्न नपाएको र यस तर्फ सम्बन्धित निकायको पनि ध्यान जान नसकेको किसानहरुले गुनासो गरेका छन ।

जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर १४ शुक्रबस्ती बस्ने विनोद नेपालले लाखौ मुल्य तिरि जग्गा भाडामा लिएर आफुले आज भन्दा ४ बर्ष अगाडी देखी तरकारी खेती गर्दै आएको र लकडाउन अगावै उत्पादनबाट राम्रो आमदानी भएतानि अहिले यस विषम परिस्थितीमा आप्नो उत्पादन बजार नपाई खेतमै कुहिन लागेको गुनासो गर्नुभएको छ । कृषक नेपालले आफुले २० लाख भन्दा बढी लगानी गरि तरकारी खेती गर्दै आएकोमा खेतमा उत्पादन प्रशस्त भएपनि सो उत्पादन विक्रि नहुदा एक सिजनमा करिब २५ लाख भन्दा बढी घाटा बेहोर्नु परेको गुनासो गर्दै मुलुकमा स्थानिय, प्रदेश र सघिंय सरकार गरि तिन तहको सरकार भएपनि कृषकको क्षती तर्फ कसैको ध्यान नगएको र सकारले कृषकलाई कुनै पनि प्रकारको सहयोग नगर्दा यसको मारमा परि कृषकहरुले कृषी पेशा नै छोड्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले यदी स्थानिय सरकारले कृषकहरुको क्षती विवरणलाई सकंलन गरि सहयोग गरे आफुहरुलाई राहत हुने र आफुहरुले कृषी पेशालाई अझै ब्यवस्थित गर्दै लैजाने समेत विश्वास ब्यक्त गर्नुभयो । कृषक नेपालले यस विषम परिस्थितीमा तरकारी पनि अति आवश्यक बस्तु भएको हुदा आफ्नो उत्पादन एक जिल्लाबाट अर्को जिल्लामा लैजान विभिन्न रोकछेक भइरहेको अवस्थामा प्रदेश सरकारले यस तर्फ ध्यानाकर्षण गरि तरकारी आवत जावतमा सहजिकरण गर्न समेत आग्रह गर्नुभयो ।