९ वर्षमा गौरवपूर्ण सबल यात्रा

२२ बैशाख २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया
2K Shares


मोफसलको संचार राजधानी बुटवलबाट नागरिकको सु–सुचित  हुने हकलाई स्थापित गर्ने उद्धेश्यले शुरु गरिएको सबल नेपाल साप्ताहिकको सबल यात्रा ९ बर्षमा प्रबेश गरेको छ ।  कुनै पनि पत्रिकाको प्रकाशन गर्नु मात्र ठुलो कुरा नभइ त्यसको निरन्तरता र पत्रकारिता प्रतिको धर्म निर्वाह महत्वपुर्ण भएको कुरालाई हामीले शुरु देखी नै स्विकार्दै आएका छौं । मोफसलका सबै पत्रिकाहरुको चुनौती हाम्रा पनि साझा चुनौती हुन् । हामी यही अफ्ठ्याराहरुका बिच पनि यस कुरामा गर्व गर्छौं, कुनै रहरले चालिएको यात्रा आज यस क्षेत्रमा हामी आफै मात्र नभएर पत्रकारिता प्रति बिश्वास राख्ने धेरैको आवश्यकताको रुपमा स्थापित भएका छौं । हामीले धेरै गर्यौं अथवा अरु भन्दाफरक रह्यौं भन्ने हैन तर कम्तिमा पत्रकारिताको नियमित धर्मलाईसुरक्षित राख्यौं र फरक देखिने प्रयासमा जुट्यौं यो छोटै समय भएपनि हाम्रो मोटो उपलब्धि हो ।

यस क्षेत्रका स्थानीय समस्या तथाबिकाशका बिषयवस्तुहरु पत्रिकाका प्राथमिकता रहे, साथै बिभिन्नमाध्यमबाट देश तथा बिदेशका पाठक सम्म पुग्यौं । साप्ताहिकको
आफ्नै पहलमा संचालित सबलपोष्ट अनलाईन पत्रिकाबाट तत्काल अपडेटहुने व्यावस्था गरेका छौं भने सबलपोष्ट अनलाईन टेलीभिजन  पनी सन्चालीत रहेको छ साथै पत्रकारिता मार्फत अगाडि बढ्न चाहने युवाहरुलाईलक्षित गरेर नियमित रुपमा पत्रकारिता तालिम संचालन गर्दैआएका छौं , जसले व्यावसायिक पत्रकारितामा इट्टा थप्न सहयोग गरेको कुरामा हामी बिस्वस्थ छौं । पाठक तथा शुभेच्छुककोसकारात्मक सुझाव तथा चासोले हामीलाई थप हौसाएको छ । योअभियानमा साथ दिने सम्पुर्ण बिज्ञापन दाता,शुभेच्छुक, पाठक,अनवरत रुपमा क्रियाशिल सबल टिम तथा अन्य सरोकारवालानिकाय प्रति धन्यवाद ज्ञापन गर्दै नियमित सहयोगको अपेक्षामाछौं । आगामी दिनमा पत्रकारिता मार्फत नागरिकका समस्यासमेट्ने तथा नागरिकको सुसुचित हुने अधिकारमा थप सहयोगीबन्ने कुरामा प्रतिवद्ध छौं ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया