पतञ्जली योग समिति स्याङ्जा द्धारा १ लाख ५ हजार वरावरको खाद्यान्न राहत कोषमा प्रदान

प्रकाशित मिति:

चुत्र महत वैशाख २२,भीरकोट – विश्वभरी माहामारीको रुपमा फैलीएको कोरोना भाइरस कोविड १९ ले नेपालमा दिनानुदिन संक्रमितको सख्या वढाइरहेको छ यस वाट वच्नको लागी नेपाललाई लक डाउन गरीएको छ ।  लक डाउन गरीएको पनि ४३ औँ दिन भैसकेको अवस्थामा ज्यालामजदुरी, गरिव असाय र अति विपन्नहरुलाई साँझ विहान हात मुख जोड्न मुस्कील भैरहेको भनी आचार्य श्री वालकृष्ण माहाराज र स्वामी योग गुरु रामदेव माहाराजको निर्देशनमा पतञ्जली योग समिति स्याङ्जा वालिङ् मार्फत भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी योग समितिका उपाध्यक्ष विष्णु प्रताप खाँण र पदाधिकारीहरुको उपस्थीतिमा योग समिति स्याङजाका अध्यक्ष नारायण तिवारी रु १ लाख ५ हजार वरावरको पतञ्जली गोल्ड नामक २५ केजीका ५० वोरा चामल नगर प्रमुख छायाराम खनाललाई एक कार्यक्रमका विच हस्तान्तरण गर्नुभएको छ ।

राहत सामाग्री वुझदै प्रमुख खनालले कोविड १९ वाट प्रभावित भीरकोट वासीलाई विहान वेलुका हात मुख जोड्न्को लागी सहज वातावरण सिर्जना गरीदिएकोमा आचार्य वालकृष्ण माहाराज र स्वामी रामदेव माहाराज प्रति आभार प्रकट गर्दै पतञ्जली योग समिति स्याङ्जालाई धन्यवाद व्यक्त गर्नु भयो । साथै प्रमुख खनालले निरोगी भइ वाच्नको लागी पतञ्जली वाट उत्पादित वस्तुहरु प्रयोग गर्नु पर्ने वताए । योगका माध्यम वाट शरिरमा लागेका हरेक रोगलाई निर्मुल पार्न सक्ने शक्ति प्राप्त हुने भएकाले हरेकले लक डाउनको पालना गर्दै आ आफ्नो घरघरमा वसेर योग गर्न पनि भीरकोट वासी जनतालाई आग्रह गर्नु भयो । पतञ्जली योग समिति स्याङ्जाले कोविड १९ वाट आँफु पनि वाँचौ अरुलाई पनि वचाँऊ सधै योग गरौ र निरोगी वनौँ भन्ने अभियानका साथ क्रमश स्याङ्जा जिल्लाका पालिकाहरुमा राहत सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको योग समिति स्याङ्जाका माहासचिव खगेन्द्र प्रसाद अर्यालले वताए । हाल सम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी रु १३ लाख २४ हजार २ सय ६३ रुपैया जम्मा भएको नगर प्रवत्ता दिपेन्द्र केसीले वताए ।