अमेरिकामा कोभिड १९ का कारण साढे ६८ हजार वढीको मृत्यु

प्रकाशित मिति:

काठमाडौं, वैशाख २२ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६८ हजार नाघेको छ ।यो समाचार तयार पार्दासम्म थप १ हजार १२२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६८ हजार ५६६ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २६ हजार ४५९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ११ लाख ८७ हजार २३३ पुगेको छ ।अमेरिकामा संक्रमितमध्ये १ लाख ७८ हजार २६३ जना उपचारपछि निको भएका छन् ।