महीला हरु संगठीत भएर अगाडी वढ्नु पर्ने एनआरए पोर्तुगलका अध्यक्षको भनाई

प्रकाशित मिति:
पुनम गौतम
लिस्बन

अक्टोबर 28

देशमा मात्र नभई बिदेशमा पनि महिलाहरु सङठित भएर अगाडि बढनुपर्ने एनआरएन ए पोर्तुगलका अध्यक्ष कुबेर कार्कीले बताउनुभएको छ । नारी समाज पोर्तुगलको आयोजनामा भएको शुभ दिपावली, छ्ठ, तथा नेपाल सम्बन्तको शुभकामना आदनप्रधान कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले पोर्तुगलमा धेरै संगसस्था रहेको र अधिबेशनको बेलामा पद खाने होडबाजी चल्ने तर काम गर्ने बेला पछि हट्ने प्रवृत्ति नदोहोर्‍याउन नारी समाजलाई आग्रह गर्नुभयो । नारी समाजमा अबको अधिबेशनले क्षेत्र, जाती र धर्म कुनै पनि कुराको कमि नहुने गरि सक्क्षम महिलाहरुले सस्थाको नेतृत्व लिन आव्हान गर्नुभयो । साथै उहाँले पोर्तुगलमा महिलाहरु अगाडी बढन विभिन्न संगसस्था रहेको र सस्थामा सन्लग्न हुन अनुरोध गर्नुभयो । महिलाहरुको सस्था भएकाले सबै मिलेर अगाडी बढन आग्रह गर्दै सहभागी महिलाहरुले खुट्टा तान्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् ।  शनिबार लिस्बनको एभरेस्ट रेस्टुरेन्टमा आयोजित कार्यक्रम सीता बरालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा  उपाध्यक्ष निर्मला खरालले स्वागत मन्तब्य
 व्यक्त गर्नुभएको थियो भने कार्यक्रम समाजकी महासचिव मिना खरेलले संचालन गर्नुभएको थियोे । विभिन्न संग सस्थामा आबद्ध महिलाहरुको उपस्थिति रहेको थियोे । नारी समाज पोर्तुगलको दोश्रो अधिबेशन यहि डिसेम्बर १६ मा राजधानी लिस्बनमा हुदैछ । सो अधिबेशनमा उपस्थितिको लागि सम्पुर्ण नेपाली दिदिबहिनीलाई समाजले आग्रह गरेको छ ।