काङ्ग्रेस नेता महेश र संगिताले गरे राहत वितरण

प्रकाशित मिति:

महेश सिंह/ सिरहा नेपाल सरकारले कोरोना भाईरस बाट बच्चन र एक ब्यक्तीबाट अर्को ब्यक्तीमा सर्न न दिन सरकारले देश भरि लकडाउन गरेको लामो समय बितिसक्दा पनि ज्यालादारी गर्ने गरिब, असाहाई ,बिपन बर्ग, मजदुर , जेष्ठ नागरिक , एकल महिलाहरु बढी प्रभावित भएका छन् ।

लकडाउनको मार्मा परेका बासिन्दाहरुलाई नेपाली काङ्ग्रेसका युवा नेता तथा मनकारी महेश चौधरी र संगीता कर्माचार्यले राहतको जोहोगरी गरिबको भावना बुझ्न घर ( घर राहत लिएर पुगनेगरे का छन । नगरपालिका भित्र रहेका ६० जना एकल महिला र जेष्ठ नागरिकहरु संगै केहि दैनिक ज्याला दारी गर्ने पिडित लाई शिवम रेन्बो स्कुल ,न्यु मनोकामना स्कुल,सलहेश फुलबारी स्कुल, मनकारी जितन यादव र एपोलो ॐ स्कुलको आर्थिक सहयोगमा राहत सामग्री बितरण गरेका छन ।
एपोलो ॐ स्कुलका प्रिन्सिपल समेत रहनु भएका महेश चौधरी र नेपाल महिला संघका केन्द्रिय सदस्य संगीता कर्माचार्यले राहत स्वरुप १० किलो चमाल,१ किलो आलू , १ किलो प्याज़,१ किलो परवल ,१ किलो नून सहितको राहत सामाग्री वितरण गरेको हो ।नेपाल लकडाउन भएको पहिलो हप्ता देखि नै लहानका विपन्नबर्गहरुलाई लागी सहयोग मागी राहत वितरण गरेका हुन् । सिरहामा महेश र संगिता निकै लोक प्रिय् बन्दै गएका छन् ।