सामाजीक कार्यमा रमाउदै युवाहरु

प्रकाशित मिति:

सबिन डोटेल  -स्याङ्जा चापाकोट । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण लगभग पुरा बिश्व नै प्रभावित अवस्थामा यसबाट नेपाल पनि अछुतो रहेन तर यो मौकालाई अवसरको रुपमा सदुपयोग गर्दै स्याङ्जा चापाकोट नगरपालिका वार्ड नं ९ बेल्चौरका युबाहरु भने सामाजिक कार्यमा रमाएका छन् ।

यो लकडाउनको समयमा प्राकृतिक सम्पदाको संरक्षण गर्नु युवाहरुको दायित्व रहेको जिकिर गर्दै यो बिपतलाई अबसरको रुपमा लिई सामाजिक दुरि कायम गरि युवाहरुले पार्कमा सरसफाई , गोडमेल , फ़ोहोर ब्यवस्थापन गरियको हो भनी पार्क ब्यबस्थापन समितिका सचिब, स्थानिय समाजसेवि विशाल भट्टराईले जानकारि गराएका छन ।