आफ्ना कमजोरी थाहा पाउनु नै ज्ञानको एक चरण हो

प्रकाशित मिति:

दुईपटक सम्म बेलायतको प्रधानमन्त्रीबनेका बेन्जमिन डिजरेली प्रसिद्ध राजनीतिज्ञ हुन् । सन १८०४ मा जन्मिएका डिजरेलीको १८८१मा निधन भएको थियो । तिनै प्रसिद्ध राजनीतिज्ञ डिजरेलीका केही भनाईहरु यहाँ प्रस्तुत गरिएको छ । जुन भनाईहरु सकरात्मक उर्जा थप्नका लागि उपयोगी बन्न सक्छन् ।  कुनै अवसर आइपुग्नु अघि नै तपाईं त्यो अवसरका लागि योग्य बनिसक्नुपर्छ । यसैले तयारीका लागि भोली नभन्नुस् आजै शुरु गर्नुस् । यतिबेला समय तपाईंको हातमा छ ।

तिमि कुनै कुरा चाहन्छौ र त्यो प्राप्त गर्ने लक्षमा छौं भने आजै बाट वरिपरिका व्यक्तिहरु भन्दा बलियो बन्नका लागि संघर्ष गर । कुनैपनि कुराको अनावश्यक रुपमा स्पष्टिकरण दिएर बस्नु भनेको उर्वर समयको नष्ट गर्नु हो । यो याद गर की एक पाईला अगाडि बढ्न र नयाँ शब्द उच्चारण गर्न मान्छे सँधै डराउने गर्दछ । एउटाकुरा जहिल्यै याद गर मुर्खहरु सोचेर मात्र बस्छन् तर बुद्धिमानहरु जिज्ञासा प्रकट गर्छन् र काम गर्छन् । आफ्ना कमजोरी थाहा पाउनु भनेको ज्ञानको एक चरण पार गर्नु हो । पढ्नु, दुखको सामना गर्नु र अवलोकन गर्नु सिकाईका आधार स्तम्भ हुन् ।