बाणगंगा नगरपालिका –८ सिसेनीको मुस्लीम र दलित बस्तीमा राहत वितरण

प्रकाशित मिति:

कमल चौधरी कपिलबस्तु । बाणगंगा नगरपालिका –८ बोर्डगाउँको सिसेनी मुस्लीम र दलित बस्तीमा मंगलबार राहत वितरण गरिएको छ ।
लामो समयदेखि जारी लक डाउनको कारण दैनिक मजदुरी गर्न नपाएका विपन्न मुस्लीम तथा दलित बस्तीका ४० घर परिवारहरुलाई दाल, चामल, तेल प्रदान गरिएको हो । कोरोना भाईरास (कोविड–१९) ले देश अहिले लक डाउन अवस्थामा छ । लक डाउनको कारण दैनिक ज्याला मजदुरी गरेर खाने परिवार निकै दुःख बेहोर्नु परेको छ । यही लकडाउनका कारण दैनिक ज्यालादरी काम गर्न नपाउँदा हातमुख जोर्नै समस्या भइरहेको अवस्थामा विभिन्न संघ संस्थाहरुको सह–कार्यमा खाद्यान्न संकलन सहयोग गरेर विपन्न परिवारलाई राहत प्रदान गरेको बाणगंगा नगरपालिका– ८ का वडा अध्यक्ष गुणनिधी भुसालले बताउँनुभयो ।

उहाँले वडाले विभिन्न गाउँ–गाउँमा गरिब, मजदुर र उत्पीडित परिवारहरुलाई राहत वितरण गर्दै आएको र विभिन्न संघ संस्थाको सहकार्यमा पनि राहत वितरण कार्यलाई अगाडी बढाएको जानकरी दिनुभयो । त्यस्तै राहत वितरण गर्न पुगेका समाजसेवी तथा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका पूर्व अध्यक्ष रविराज अचार्यले मानवीय सेवा गर्नु सवै नागरिकहरुको दायित्व रहेको बताउँनुभयो । उहाँले विपद्को समयमा सवै नागरिकहरुले आ–आफ्नो ठाउँबाट गरिब, मजदुर परिवारलाई सक्दो सहयोग गर्नुपर्ने बताउँनुभयो । समाजसेवी तथा अधिवक्ता समेत रहेका अचार्यले दुखि गरिबको सेवामा मनिसले यस्तै संकटको समयमा काम नलागे कहिले काम लाग्ने भन्ने प्रश्न समेत गर्नुभयो । उहाँले आफुले समय समयमा विपन्न परिवारहरुलाई सहयोग गर्दै आएको बताउँदै अवश्यकता अनुसार जुनसुकै समयमा आर्थिक सहयोग गर्ने प्रतिवद्धता समेत दिनुभयो । राहत लिन आएका ईश्लम बक्सले आफु राहत पाउँदा धेरै खुसी भएको प्रतिक्रिया दिए । उनले भने–‘खानाको समस्या भैरहेको समयमा राहतले धेरै सहयोग मिलेको छ । दुःखको समयमा गरिबलाई समहयोग गर्ने सहरा पनि छन् ।

हामी धेरै खुसी छौं ।’ त्यस्तै राहत वितरण कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यले गरिब दुःखी परिवारलाई सदै सहयोग गर्ने र गर्दै आएको बताउँनुभयो । उहाँले विभिन्न समयमा आफुहरुले जिल्लामा समाजिक कार्यहरु गर्दै आएको जानकारी समेत दिनुभयो । त्यस्तै घरघरमा शिक्षा तथा आत्मानिर्भर विकास संस्था नेपालका कार्यक्रम संयोजक दुर्गा अर्यालले यस संस्थाले लक डाउन समयमा धेरै गरिब उत्पीडित परिवारलाई उद्दार गरेको बताउँनुभयो । उहाँले संस्थाले निरन्तर समाजिक कार्यमा लागि रहेको भन्दै दुःख पाएका र पैदल यात्रा गरेर घर जाने कामदारहरुको उद्धार गर्नुको साथै पैदल यात्रीहरुलाई खाजाको व्यावस्था समेत गरेको बताए । त्यस्तै राहत वितरण कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका सचिव रोमकान्ता घिमिरे, घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका प्रतिनिधी दिवस घिमिरे, समाजसेवी चेतनरायण भण्डारी, गिरीराज पौडेल लगायतको उपस्थिति रहेको थियो ।