वालमैत्री वडा सहजकर्ताहरु संग अन्तरक्रिया सम्पन्न

प्रकाशित मिति:

चुत्र महत -वैशाख २३,भीरकोट  , लक डाउनको पूर्ण पालना गर्दै सामाजिक दुरी कायम राखि भिडियो कन्फ्रेन्स मार्फत वालमैत्री स्थानिय शासन घोषणा गर्न थप कार्ययोजनाका लागी वालमैत्री वडा सहजकर्ताहरु संग अन्तरक्रिया गरीएको छ ।  अन्तरक्रिया कार्यक्रममा वोल्दै नगर प्रमुख छायाराम खनालले विश्वभरी माहामारीको रुपमा फैल्दै आएको कोरोना भाइरस कोविड १९ जस्ले ठूलो सानो नभनी हरेकलाई संक्रमण गर्ने भएकाले यसकोे संक्रमण वाट वच्नको लागी नेपाललाई लक डाउन गरीएकोले नगरपालिकाले भीरकोट नगरपालिकालाई चैत्र मसान्त भित्र वालमैत्री नगर घोषणा गर्ने भनी सोही किसिमले घोषणा गर्नको लागी सवै सुचकहरु पुरा गरी अन्तिम चरणमा वसेको अवस्थामा लक डाउन भए पछि निर्धारित समयमा घोषणा गर्न नसकिएको भन्दै प्रमुख खनालले कोविड १९ वाट मुक्त्त भई लक डाउन खुल्ने वित्तिकै एक दुइ हप्ता भित्रमा नगर लाई वालमैत्री नगर घोषणा गर्ने वताए ।

साथै सवै वडा सहजकर्ताहरु लाई तम तयारीका साथ वस्दै विद्यार्थीहरु संग निरन्तर सम्पर्कमा आइराख्न समेत प्रमुख खनालले आग्रह गर्नु भयो । भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालको अध्यक्षतामा सम्पन्न भिडियो कन्फ्रेन्स मार्फत वालमैत्री स्थानिय शासन घोषणा गर्न थप कार्ययोजनाका लागी वालमैत्री वडा सहजकर्ताहरु संगको अन्तरक्रिया कार्यक्रमको सहजीकरण वालमैत्री राष्ट्रिय सहजकर्ता विष्णु चौवेले र संचालन शिक्षा शाखा प्रमुख हेम प्रसाद आर्चायले गर्नुभएको थियो । भने अन्तरक्रिया कार्यक्रममा नगर उप प्रमुख सिमा केसी कर्माचार्य,प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेल र वालमैत्री नगर देखी वडाका सहजकर्ताहरुको सहभागिता रहेको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा वाडले गर्ने विभिन्न कार्यक्रमहरु तयारी गरी क्रमश काम गर्न वडा सहजकर्ताहरु लाई आग्रह गरीएको थियो ।