धुर्काेटका ५४ जनाकाे स्वाव परिक्षण गर्न पाेखरा पठाइयो ।

प्रकाशित मिति:

झविन्द्र भण्डारी,
बैशाख २३, गुल्मी ।
धुर्काेट गाउँपालिका अन्तर्गतका विभिन्न क्वारेन्टाइनमा वसेका ५४ जनाकाे स्वाव संकलन गरि परिक्षण गर्न पाेखरा पठाइएको छ ।
मंगलबार जिल्ला स्वास्थ्य कार्यालय गुल्मी बाट अाएकाे टाेलिले क्वारेन्टाइनमा वसेका व्यक्तिहरूकाे स्वाव संकलन गरि पठाएको हाे ।
धुर्काेट गाउँपालिका वडा नं. १ काे कालिका प्राथमिक विद्यालयमा वसेका ३५ जना खाल प्राथमिक विद्यालयमा वसेका १० जना र वडा नं. २ काे गणेश माध्यमिक विद्यालयमा वसेका ९ जनाकाे स्वाव संकलन गरिएकाे थियो । स्वाव परिक्षण गर्न जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका डाक्टर भवानी शर्मा, जिल्ला अस्पताल गुल्मीका वरिष्ठ ल्याव अधिकृत के.पि भण्डारी लगायतकाे टाेलि अाएकाे थियाे ।क्वारेन्टाइनमा वसेका सबै राेजगारका लागि भारत गएका थिए । २१ दिनसम्म भारतीय क्वारेन्टाइनमा वसेका उनिहरू बैशाख १३ र १४गते धुर्काेट गाउँपालिकाले व्यवस्था गरेको गाडी मार्फत धुर्काेट अाइ गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा वसिरहेका छन ।
स्वाव परिक्षणमा धुर्काेट गाउँपालिकाका अध्यक्ष भुपाल पाेखरेल, उपाध्यक्ष शिव बहादुर खत्री, वडा नं. १ का वडा अध्यक्ष कमल थापा, वडा नं. २ का वडा अध्यक्ष नवीन जि.सि, धुर्काेट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम खनाल, धुर्काेट प्राथमिक स्वास्थ्य केन्द्रका ल्याव असिस्टेन्ट राजु कुमार शाह लगायतकाे उपस्थिति रहेको थियोे ।
स्वाव परिक्षणकाे रिपोर्ट अाएपछि उनिहरूलाई घरमा पठाइने छ । धुर्काेट गाउपालिकामा हाल वडा नं. १ मा ४४ जना वडा नं. २ मा ९ जना, वडा नं. ५ मा ४ जना र वडा नं. ७ मा २ गरि ५९ जना क्वारेन्टाइनमा रहेका छन भने ४८ जनालाई सुरक्षित रूपमा घरमा पठाइएको छ ।