इन्जिनियरहरु द्वारा रक्तदान

प्रकाशित मिति:

प्रजातन्त्रवादी इन्जिनियरहरु को सस्था सिडेन प्रदेश न ५ को आयोजना मा हिजो प्रदेश ५ अन्तर्गतका विभिन्न स्थान मा रक्तदान कार्यक्रम सम्पन्न भयो। कोरोना भाइरस को महामारी को कारण रगत अभाव हुन नदिन को लागि यो कार्यक्रम आयोजना गरिएको सिडेन प्रदेश ५ का कार्यसमिति सदस्य इन्जिनियर प्रवेश पौडेल ले बताउनु भयो। प्रदेश का बुट्वल भैरहवा परासी तौलिहवा पाल्पा र दाङ मा एकै पटक सन्चालन भयेको रक्तदान मा लक्डाउन र वर्षात जस्तो प्रतिकुल अवस्थामा पनि उल्लेखनिय सहभागिता रहेको थियो। सबै ठाउमा गरेर १०८ पोइन्ट रगत संकलन भयेको जानकारी इन्जिनियर पौडेलले दिनु भयो।

कार्यक्रममा अन्य राजनितिक तथा सामाजिक व्याक्ति हरु को पनि उपस्तिथि रहेको थियो।पाल्पा मा काङ्ग्रेस युवा नेता हिमाल दत्त श्रेष्ठ , बुटवल मा काङ्ग्रेस युवा नेता बिष्णु पोखरेल , सिडेन केन्द्रिय कोषाध्यक्ष इन्जिनियर सन्जय पाण्डे नेपाल इन्जिनियरर्स एसोसिएसन प्रदेश ५ का अध्यक्ष इन्जिनियर कुसुम राज ज्ञवालि तेस्तै परासी मा नगर प्रमुख नरेन्द्र प्रसाद गुप्ता, भैरहवामा समाजसेवि युवानेता सुशील गुरुङ दाङ मा वडा अध्यक्ष रमेश कुमार पान्डे लगायेत को उपस्थिति रहेको थियो। भैरहवामा सिडेन उपाध्यक्ष इन्जिनियर गोविन्द पङेनी, दाङमा सचिब इन्जिनियर कुलराज खनाल , बुटवलमा सहसचिव इन्जिनियर अर्जुन गिरी, तौलिहवामा कोषाध्यक्ष इन्जिनियर प्रविन सापकोटा , परासीमा सदस्य इन्जिनियर ओम बस्याल र पाल्पा मा इन्जिनियर अर्जुन पाण्डे ले कार्यक्रमको सम्योजन गर्नु भयेको थियो।

अत्यन्त संबेदनसिल र आपतकालीन अवस्थामा पनि आफै रक्त केन्द्र मा गयेर रगत दान गर्नु भयेका सम्पुर्ण दाता हरु , रेड्क्रस, अस्पताल तथा ब्लड बैक का सहयोगी कर्मचारी र ब्यस्थापन मा खट्ने इन्जिनियर लगायेत यस पुण्य कार्य का सहयोगि सम्पूर्ण लाई सिडेन प्रदेस ५ का सभापति इन्जिनियर अनुप चौधरी ले धन्यवाद दिनुभयेको छ। नेपाल रेड्क्रस सोसाइटी प्रदेश ५ का महासचिव कृष्ण पङ्गेनी ले आपतकालीन अवस्थामा उत्साहजनक सहभागिता भयेकोमा खुसी ब्यक्त गर्दै सहयोगी सस्था र दाता लाई धन्यवाद दिनु भयो। यसै सस्था द्वारा केही दिन अगाडि महाविर पुन को राष्ट्रिय आविष्कार केन्द्र लाई रु एक लाख सहयोग गरेको थियो। येस्ता क्रियाकलाप ले इन्जिनियरहरुले आफ्नो पेसागत प्राविधिक क्षेत्रमा मात्र नभयेर सामाजिक तथा मानविय कार्यमा पनि योगदान गरेको देखिन्छ।