६ ओटा सिंहको आक्रमण एक्लै सामना गर्दै जिराफ

प्रकाशित मिति:

जंगलमा सिंह र जिराफबीच जम्काभेट भयो भने के होला रु त्यसमा पनि ६ सिंह जिराफको अघि आएपछिको दृश्य कल्पना गर्नुहोस् त । तपाईंले गरेको अनुमान मेल नखान पनि सक्छ । किनकी ६ सिंहसँग भिडेर जिराफले आफ्नो ज्यान बचाएको छ । सिंहसँग जिराफको भिडन्तको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । भिडियो हेरिसकेपछि जो कोहि पनि हैरान हुन्छन् । भिडियोमा एक जिराफ ६ वटा सिंहसँग एक्लै लडेको देख्न सकिन्छ ।

जिराफको बहादुरीलाई सामाजिक सञ्जालमा धेरैले तारिफ गरेका छन् ।सिंहले जिराफलाई कसैले खुट्टामा, कसैले पिठ्युमा चढेर आक्रमण गरिरहेको देख्न सकिन्छ । तर जिराफले आफ्नो बहादुरी देखाएर आफ्नो गन्तव्यतिर अगाडि बढीरहन्छ ।यो भिडियो आइआरएस नावेदले ट्वीटरमा शेयर गरेका छन् । भिडियो हेरेपछि जिराफको बहादुरीलाई सबैले प्रशंसा गरिरहेका छन् ।@khabarhub