कोरोनाले कसैलाई चिन्दैन सीमा क्षेत्रमा थप सर्तकता अपनाउ

प्रकाशित मिति:

रीमा बि.सी. – बुटवल बैशाख २४ गते । सीमा नाकाबाट स्थानीय तहका जनप्रतिनिधिकै सहयोगमा भारतमा गएका नागरिकहरु नेपाल भित्रिएको गुनासो आएपछि प्रदेशसभा सदस्य र रुपन्देहीका सुरक्षा निकायका प्रमुखहरु मर्चवार बैशाख २३ गते पुग्नुभएको छ ।
सीमामा मर्चवार क्षेत्रबाट लुकी छिपी मानिसहरुलाई ल्याउन दिएको गुनासो आएपछि प्रदेश सभा सदस्य र प्रहरी प्रमुखहरु फिल्डमा खटेर जनप्रतिनिधिलाई सचेत बनाएका हुन् । प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय, रुपन्देही प्रहरी प्रमुख एसपी हेम कुमार थापा र सशस्त्र प्रहरीका एसपी तेज पोखरेलसहितको सुरक्षा निकायको टोली रुपन्देहीको सम्मरीमाई गाउँपालिका–३ स्थित तरैनी नाका र मर्चवारी गाउँपालिका–१ स्थित खैराघाट नाका पुगेर स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीलाई कोरोनाविरुद्ध लड्नका लागि सीमा क्षेत्रको अनुगमन गर्न आग्रह गरेका गर्नुभएको थियो ।प्रदेशसभा सदस्य पाण्डेयले महामारीको सन्दर्भमा कुनै जात, धर्म, क्षेत्र र पार्टी नभएकोले जनताको सेवामा लागेको नाममा भारतमा रहेका नागरिकहरुलाई नेपाल भित्रयाउने काम नगर्न आग्रह गर्नुभयो ।उहाँले कोरोना भाइरसले कसैलाई नचिन्ने भएकोले सीमा क्षेत्रमा थप सर्तकता अपनाउन गाउँपालिका अध्यक्ष,वडाअध्यक्ष र वडा सदस्यहरु समेत थप जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।कोटहीमाई गाउँपालिका–१ पुर्निहवामा कोरोना भाइरसको संक्रमण पुष्टी भएका व्यक्ति क्वारेन्टाइनमा पुगेर इमान्दारिता देखाएकोले महामारीबाट बचेको पाण्डेले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाएसपी हेम कुमार थापाले प्रहरीको एक्लो प्रयासले मात्र कोरोनाको महामारीविरुद्ध लड्न नसकिने भएकोले प्रहरीलाई नागरिकको सहयोग आवश्यक रहेकोले सबैले सचेत भएर लाग्नुपर्ने भन्दै यो परिस्थितीमा आफ्ना नातेदार, इष्टमित्रलाई भित्रयाएर त्यसबाट झन् डरलाग्दो अवस्था श्रृजना हुने सक्ने भएकोले जनप्रतिनिधिहरु,नागरिक तथा प्रशासनिक निकाय मिलेर कोरोना भाइरस विरुद्धलाग्नु पर्ने बताउनुभयो ।एसपी थापाले कारोना विरुद्धको अभियान त्यतिवेला सफल हुन्छ जतिवेला नागरिकहरु यो विषयमा सचेत र चनाखो बन्छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले सीमा नाकामा हुन सक्ने जोखिमलाई कम गर्नका लागि थप प्रहरी खटाइएको र नियमित अनुगमन समेत गरिएको बताउनुभयो । उहाँले समुदायमा यसको विषयमा जानकार भए पनि आफ्नो मान्छे सीमा पारि फसेको कारणले ल्याउन खोज्नु स्वभाविक भएकोले सो महामारीबाट हुने क्षतिका विषयमा स्थानीय जनप्रतिनिधिहरुले ति समुदायहरुलाई बुझाउनुपर्ने बताउनुभयो ।भारतबाट कोही नेपाल फर्केर घरमा बसेको भए क्वारेन्टाइनमा पु¥याउन जनप्रतिनिधिले भुमिका खेल्नुपर्ने र आफ्नो टोल छिमेकमा कोही बाहिरबाट आएमा जनप्रतिनिधिहरुलाई खबर गर्ने काम आमनागरिकको रहेको भन्दै भारतमा रहेका नेपाली नागरिकलाई २÷४ दिन उतै बस्न दिएर पहाड खस्दैन, तर महामारी आए पहाड खस्नु भन्दा खतरा हुन्छ, सदस्य पाण्डेले भन्नुभयो ।

उहाँले कोरोना भाइरसले नातेदार नचिन्ने भएकोले सीमा क्षेत्रमा खटिएका स्वयंसेवकले पनि आफ्नो नातेदार भित्रयाउने काम नगर्न र कसैलाई पनि नाकाबाट आवातजावत गर्न नदिन नागरिकले नै स्वयंसेवकको भुमिका खेलेर कोरोनाविरुद्ध लड्न केही समय कठोर बनेर पनि नागरिकलाई महामारीबाट बचाउनुपर्ने उनको बताउनुभयो ।एसपी हेम कुमार थापाले नागरिक सुरक्षित हुन नसके जनप्रतिनिधि र प्रहरीको के काम भन्दै प्रश्न गर्दे प्रहरी नागरिकको सुरक्षाको लागि चिन्तित भएको बताउनुभयो ।सशस्त्र प्रहरी नेपाल नम्बर २७ गण रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले दुई किलो चिनी सस्तो पाइन्छ भन्ने नाममा स्वास्थ्यमाथि खेलवाड नगर्न आग्रह गर्दे उनले प्रहरीलाई दुश्मनको रुपमा नबुझी सहयोगीको रुपमा बुझ्न आग्रह गर्नुभयो । सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु)ले परिवार, गाउँ र समाज बचाउन केही समयको लागि कष्ट सहनुपर्ने बताउदै सबैलाई सुरक्षित बनाउनु नै अहिलेको प्रमुख कार्य भएको बताउनुभयो ।