एसईई खारेज गर्न गगन थापाको प्रस्ताव

प्रकाशित मिति:

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले माध्यमिक शिक्षा परीक्षा  एसईई खारेज गर्न प्रस्ताव गरेका छन् ।प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले अहिले लकडाउनका कारण एसईई परीक्षा रोकिइरहेका बेला एसईई खारेज गर्नु उपयुक्त हुने बताएका हुन् ।

त्यसको सट्टा विद्यार्थीको आन्तरिक मूल्यांकन गर्न सकिने थापाले बताए । ‘एसईई परीक्षा खारेज गर्ने मौका हो, विद्यार्थीलाई आन्तरिक मूल्यांकन गरेर जान दिनुपर्छ’ उनले भने ।