पत्रकार शिखा श्रेष्ठ र क्यामेरा पर्सन अजय हाकुजुका माथी भएको दुर्व्यवहारप्रति पत्रकार महासंघको ध्यानाकर्षण

१२ कार्तिक २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
80 Shares


काठमाडौ । यातायात व्यवस्थगा विभागका निर्देशक श्रीचन्द्र शाहले समाचार संकलनमा क्रममा  सगरमाथा टेलिभिजनका सम्वाददाता शिखा श्रेष्ठ र क्यामेरा पर्सन अजय हाकुजुलाई दुव्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघले  ध्यानाकर्षण भएको जनाएको छ ।

सार्वजनिक सेवाको क्षेत्रमा नागरिक र सेवाग्राहीको सहज पहुँच हुनुपर्नेमा विभागका जिम्मेवार अधिकारीबाटै पत्रकारलाई धम्की दिँदै समाचार संकलनमा अवरोध गर्दा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको महासंघले जनाएको छ ।

समाचार संकलनका लागि यातायात व्यवस्था विभाग पुगेका श्रेष्ठ र हाकुजुलाई विभागका निर्देशक शाहले पूर्वअनुमति लिएर मात्र समाचार बनाउन भन्दै धम्क्याएका थिए । यस्तै नेपाल प्रेस युनियनले पनि दुई पत्रकारमाथि भएको दुव्यवहारको भत्र्सना गरेको छ । यातायात ब्यवस्था विभाग सबै भन्दा धेरै अार्थिक चलखेल हुने सरकारी कार्यालयकाे रूपमा चिनिन्छ

फेसबुकबाट तपाईको प्रतिक्रिया