सय किलोकी बेहुली खोज्दै ४ सय ४५ किलोका अरबाब

२५ बैशाख २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


पाकिस्तानी हल्क एवम् खानबाबा उपनामले चिनिने २७ बर्षीय अरबाब खिजर ह्यातलाई एक दुलही चाहिएको छ । तर उनकी दुलही हुनका लागी केहि सीमाहरु तोकिएका छन् ।अर्थात उनकी दुलही हुन चाहने युवती कम से कम १ सय किलोग्रामको हुन अनिवार्य छ । पछिल्लो २ बर्षयता इन्टरनेटमा निकै चर्चित बनेका पाकिस्तानी यी हल्क एक वेट लिफ्टर ९भारोत्तोलक० हुन् । उनी आफैको वजन पनि सितिमितिको छैन ।उनी करीब ४ सय ४५ किलोग्रामका छन् । यहि वजन र बडेमानको शरीरका कारण चर्चामा रहेका उनलाई अहिले आफ्नो वजनले नै चिन्तित बनाएको छ ।

अहिले उनले विवाहको मनसाय बनाए पनि आफु मिल्दो दुलही पाउन सकेका छैनन् ।
आफ्नै वजन झण्डै साढे चार सय किलोग्राम रहेका खानबाबाको परिवारले विवाहका लागी दुलही खोज्ने काम थालेका छन् ।उनले आफुलाई १ सय किलोग्रामकी दुलही चाहिने शर्त राखेका छन् । यो संगै दुलहीको उचाई छ फीट चार इञ्च हुनुपर्ने, राम्रो खाना पकाउन जान्नुपर्ने लगायतका शर्त छन् ।खानबाबाको दैनिक आहार १० हजार क्यालोरीको रहने गरेको छ । उनी दैनिक खाजामा ३६ अण्डा खाने गर्दछन् ।यसका साथै हरेक दिन ४ कुखुरा र पाच लिटर दूध पिउँदै आएका छन् । यतिधेरै मोटोपना भए पनि अहिलेसम्म उनमा कुनै रोग छैन ।@khabarhub

फेसबुकबाट तपाईको प्रतिक्रिया