प्रभावकारि बन्दै यु.डब्लु.एस. काे रेडियो कक्षा

प्रकाशित मिति:

झविन्द्र भण्डारी,
बैशाख २५, गुल्मी ।
धुर्काेट गाउँपालिका वडा नं. ५ का सचिन भण्डारी ७ वर्षका भए । उनी हिमालय माध्यमिक विद्यालयमा कक्षा के.जी मा पढ्थे परीक्षा दिएर घर वसेका उनी विद्यालय नगएको करिब २ महिना हुन लागिसक्याे । केही दिन पहिला उनी कक्षा के.जी. मा उत्तीर्ण भएकाे खबर पाए । विद्यालयबाट घरमा गएका शिक्षकहरूले उनकाे कक्षा १ मा भर्ना समेत गरिदिए तर विद्यालय कहिले जाने अझै पत्ताे छैन । विद्यालय जान नपाए पनि उनी हरेक दिन रेडियोमा भुलिरहेका हुन्छन् । युनाइटेड वल्ड स्कुल नेपाल, धुर्काेट गाउँपालिका र रेडियो धुर्काेटकाे सहकार्यमा सामुदायिक रेडियो धुर्काेट १०२.२ मेगाहर्जबाट प्राथमिक विद्यालयका विद्यार्थीहरूका लागि तयार पारिएको हाम्रो कक्षा उनी जस्ता धेरै विद्यार्थीहरूले सुनिरहेका हुन्छन् ।
विश्वभर महामारी रूपमा फैलिएको काेराेना भाइरसकाे कारण नेपालमा लग डाउन हुनु भन्दा पहिले देखिनै विद्यालयहरू बन्द छन । उनी जस्ता हजाराैँ विद्यार्थी यतिबेला विद्यालय जाने पर्खाइमा छन । केहि ठाउँमा अनलाइन कक्षा सञ्चालन भएका छन त कतै एस ई ई  विद्यार्थीका लागि रेडियो कक्षा समेत सञ्चालन भएका छन् । यहि अवस्थालाई मध्यनजर गर्दै  युनाइटेड वल्ड स्कुल नेपालद्वारा प्राथमिक विद्यार्थीका लागि लक्षित गरि तयार पारिएको रेडियो कक्षा प्रभावकारी वनेकाे छ । विशेष त कक्षा ५ सम्म पढ्ने विद्यार्थीहरू रचनात्मक तरिकाले, कथा कविताहरू सुनाउदै ज्ञानगुनका कुरा सुन्न पाउँदा साना नानि बाबुहरू खुसि हुन्छन् । हरेक विषयका विषयवस्तु समेटि तयार गरिएको याे कक्षा हरेक दिन साझ ६:१५ देखि ६:७५ वजे सम्म सञ्चालन हुन्छ । युनाइटेड वल्ड स्कुल नेपालका प्रतिनिधिहरूले रेडियो कक्षा तयार गरेर पठाउने गर्दछन । त्यही कक्षा रेडियो धुर्काेटबाट प्रसारण हुने गर्दछ ।
रेडियो कक्षाबाट साना बालबालिकाहरूलाई फाइदा पुगेकाे धेरै अभिभावकहरू वताउछन । केही अभिभावकहरूलेत अाफुलाई समेत फाेन गरेर राम्रो लागेकाे बताउँछन् भन्नूहुन्छ रेडियो धुर्काेटका स्टेसन म्यानेजर दधिराम खनाल उहाँ भन्नुहुन्छ “केही अभिभावकहरूले फाेन गरेर रेडियो कक्षा राम्रो लाग्याे साना बालबालिकालाई यस्ता कार्यक्रमले फाइदा पुग्ने बताउनुहुन्छ” ।
त्यस्तै गाउँपालिका अध्यक्ष भुपाल पाेखरेलले विद्यालय बन्द हुदा धेरै विद्यार्थीकाे भविष्यमा असर पुग्ने भन्दै घरमा रहदा स्व अध्ययन गर्न र रेडियोबाट प्रसारण हुने कक्षाहरूले अध्ययनमा थप सहयाेग पुग्ने बताउनुहुन्छ ।
यु.डब्लु.एस संस्थाले नेपालका विभिन्न जिल्लाहरूमा सक्रिय रहेर शिक्षाबाट वञ्चित समुदायमा प्राथमिक शिक्षा सम्मका विद्यालय निर्माण, शिक्षक तथा शैक्षिक सामाग्री समेत उपलब्ध गराएर विद्यार्थीकाे चाैतर्फि विकासमा मद्धत पुर्‍याएकाे छ । काेराेना भाइरसले प्रभाव पारिरहेकाे याे समयमा घरमा वसिरहेका विद्यार्थीका लागि अनलाइन कक्षाकाे चर्चा चलिरहेको समयमा गाउँघरमा भने रेडियोबाट प्रसारण हुने कक्षा नै बढी प्रभावकारी बनेको देखिन्छ ।