नेपाल कम्युनिष्ट पार्टीको बृहत सन्देश सभामा तिलोत्तमा नगरपालिकाबाट १२ हजार कार्यकर्ता उतार्ने

प्रकाशित मिति:

नेपाल कम्युनिष्ट पार्टीले बुटवलमा आयोजना हुने बृहत सन्देश सभामा तिलोत्तमा नगरपालिकाबाट १२ हजार कार्यकर्ता उतार्ने भएको छ ।
आज सम्पन्न नगरस्तरिय बिस्तारित बैठकले तिलोत्तमा नगरपालिकाबाट मात्रै १२ हजार कार्यकर्तालाई कार्यक्रममा सहभागी गराउने योजना बनाएको हो । बैठकले ब्यापक जनसहभागिताका लागि वडा तह सम्मका संयन्त्रलाई परिचालन गर्ने निर्णय गरेको जिल्ला नेता मोहन चापागाईले जानकारी दिनुभयो ।
बैठकलाई सम्बोधन गर्दै पार्टि केन्द्रय सदस्य तथा प्रदेश सांसद दधिराम न्यौपानेले पार्टि एकताको सन्देश कार्यकर्ता तहमा पुर्याउन कार्यक्रम फलदायी बन्ने विश्वास व्यक्त गर्नुभयो । उंहाले कार्यक्रमबाट कार्यकर्ता पंत्तीमा भावनात्मक एकताको सन्देश प्रवाह हुने उल्लेख गर्नुभयो ।
त्यस अवसरमा जिल्ला कार्यदल सदस्य अनुप बराल, नेताहरु बासुदेव घिमिरे, मोहन चापागाई, पुरन गुरुड्ड लगायतले बोल्दै कार्यक्रमको सफलताका लागि परिचालित हुन कार्यकर्ता पंक्तीलाई निर्देशन दिनुभयो ।
बैठक नेता यज्ञ गैह«ेको अध्यक्षता र लक्ष्मण खनालको संचालनमा भएको थियो ।
यहि कात्तिक १७ गते बुटवलमा हुने सन्देश सभामा पार्टि अध्यक्ष तथा प्रधानमन्त्री के.पी ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव बिष्णु प्रसाद पौडेल सहितका नेताहरु सहभागी हुने कार्यक्रम छ ।