कोरोनाको कहरमा आफ्नो ड्युटीमा अहोरात्र खटिएका सम्पुर्णप्रती नमन !

प्रकाशित मिति:

बिशाल भण्डारी – महासंग्रामको यो मैदानमा नेपाल पनि बिस्तारै बिस्तारै अगाडि बढ्नु पक्कैपनि राम्रो संकेत होइन । कछुवाको गति लिएको कोरोनाले आज खरायोको गति लियो । सबै संसकित छौ र संयमित पनि ! अझैपनी भित्रै बसौं , लकडाउनको सबैले पालना गरौँ , आफुपनी बाचौँ अरुलाईपनी बचाऔँ भन्दै एकाबिहानै माइकिङ गर्दै गाडिको साइरन बजाउँदै हिढ्ने रहर त उसलाई पनि कहाँ हो र ? अनि हतार हतार आज ६ बजेदेखी ड्युटी सुरु छ भन्दै आँखा मिच्दै बिहानी सुर्यको झुल्कोलाई पनि देख्न नपाउदै आफ्नो बन्दोबस्तिका साथ २४ औँ घण्टा अस्पतालमा आफ्नो ड्युटी निर्वाह गर्न उसलाई पक्कैपनी रहर थिएन होला । हामीजानी जानी नजाने जस्तो गर्न खोज्दाको परिणाम नराम्रो संग ब्यहोर्न पर्छ कि ? भन्ने कता कता डर र त्रास छाइरहेको छ । सानो लापरबाहीले ठूलो क्षति ब्यहोर्न पर्छ भन्ने जानकारी पाउँदा पाउँदै पनि किन तमासा देखाउन खोजिरहेका छौँ हामी ?
विश्वका शक्तिशाली देशहरुको यो कहाली लाग्दो अवस्था देखेर पनि सचेत हुन नखोज्नु , लापरबाही गर्नु , गैह्र जिम्मेवारि पन देखाउनु पक्कै पनि राम्रो कुरा होइन । नेपाल जस्तो विकासोन्मुख देशमा स्रोत , साधनको उचित ब्यबस्था नहुनु , पर्याप्त औषधि उपचार नहुनु , बिधिबिज्ञान प्रतोगशालाहरु भरपर्दो नहुनु , यस्तो संकटमा पनि राजनितिक दाउ पेच हुनु यी र यस्तै कारणले यो महासंग्रामको सामना गर्न पक्कै पनि सहज कसलाई छ होला र यहाँ ? त्यसैले हामी सम्पुर्ण नेपालीहरु सचेत बन्दै लकडाउनको पुर्ण पालना गर्नुनै कोरोनाको अचुक औषधी हो ।
यहाका स्रोत साधनको उचित ब्यबस्थापन नहुनु , राजनैतिक अस्थिरता हुनु , अस्वस्थ प्रतिस्पर्धा हुनु , देशका ढुकढुकी युवाशक्तीहरु बिदेश पलायन हुनु , कु-संस्कृतिको बिकास हुनु , आफुआफुमा कट्टाक्ष गर्नु आदि कारणहरुले गर्दा नेपाल सधै परजिवी जस्तै भएर बस्नुपर्ने यो कस्तो बिडम्बना ?
विश्व बजारमा आफ्नो उपस्थितिलाई मजबुद बनाउदै दौडिरहेको यो कोरोना संग जुध्न पनि कहाँ सजिलो छ र ? हाम्रो जस्तो गरिव देशलाई । त्यसैले यो कोरोना संग निहु खोज्नु भनेकै आफ्नो काल निम्त्याउनु हो र समग्र देशलाई नै धरापमा पार्नु हो । न त हामि कहाँ पर्याप्त औषधी उपचार छ नत पर्याप्त स्वास्थ्य संस्थाहरु छन न त भरपर्दो बिधीबिज्ञान प्रयोग शालाहरु छन । यी र यस्तै समस्या भोग्दै र झेल्दै आइरहेको हामी नेपालीहरुको लागि लकडाउनको पुर्ण पालना गर्नुनै सर्वोत्तम उपाय हो । हामी नेपाली दाजुभाइ दिदिबहिनीहरु अहिलेको यो विषम परिस्थितिमा जहाँ छौ त्यही सुरक्षित बसौ ।
हो समस्याहरु दिनप्रतिदिन थपिदै गएका छन । घरपरिवार संग पनि भेट हुन नपाउने हो कि ? भन्ने कता कता डर र त्रासले भकानिएर आउँछ यो मन । मनलाई समालेर भएपनी बिदेशमा रहनुभएका दाजुभाई दिदिबहिनीहरुलाई धैर्यधारण गर्न शक्ति मिलोस । यो संकटको घडिमा सबैले उच्च मनोबलका साथ सकारात्मक चिन्तन गर्दै लकडाउनको पुर्ण पालना गर्दै जो जहाँ छौ त्यही सुरक्षित बस्नुको बिकल्प अरु केही रहेन यहाँ ।
नेपाल सरकारले पनि कोरोना भाइरसको सामना गर्नका लागि विभिन्न सुरक्षा रणनीतिहरु अवलम्बन गर्दै आइरहेको छ । राजनितिक खिचातानी (किचलो) लाई थाती राख्दै सम्पुर्ण राजनीतिक दलहरुसंग समन्वय र सहकार्य गर्दै सरकारले कोरोनाको नियन्त्रण र सुरक्षा ब्यबस्थाहरु मिलाउनु पर्ने देखिन्छ । प्रतिपक्ष दलहरुपनी यो समयमा सरकारलाई साथ र सहयोग गर्नुपर्ने हुन्छ । यदि जनताप्रति राजनैतिक दलहरु उत्तरदायी छन भने नेपालको संबिधानको भाग २० मा संघ , प्रदेश र स्थानीय तह बिच अन्तरसम्बन्ध गरिएको छ । यो ब्यबस्थाले अहिले नेपालको गाउँगाउँमा वा स्थानिय तहसम्म सरकारको नीति निर्देशन अनुरुप कार्यहरु सम्पादन गर्दै आएको देखिन्छ । यो विषम परिस्थितिमा स्थानिय सरकार सक्रिय हुनुले पनि संघ , प्रदेश र स्थानिय तहबिच अन्तरसम्बन्ध भएको आवास हुन्छ । यो कोरोनाको महामारी संग जुझ्दै केही स्थानिय सरकारले गरेका कार्यहरु उदाहरणिय छन ।
अन्त्यमा यो महामारीको सामना गर्दै २४ घण्टा ड्युटीमा खटिएका सम्पुर्ण स्वास्थ्यकर्मी , सुरक्षाकर्मीहरु , सञ्चारकर्मीहरु र सम्बद्ध निकाय एबम प्रतिनिधिहरुलाई बिशेष विशेष धन्यवाद ।
( लेखक भण्डारीले नेपालको बर्तमान परिस्थितिलाई समेटेर लेख लेख्ने गर्दछन )