डाक्टर रानी शाक्यको फुल होइन मेरो माया सार्वजनिक (भिडियो सहित )

२५ बैशाख २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया
17 Shares


लकडाउनको समयलाई सदुपयोग गर्दै गायिका रानी शाक्यले आफ्नो नयाँ सिर्जना ‘फुल होइन मेरो माया’ सार्वजनिक गरेकी छिन ।हाल अमेरिकामा बस्दै आएकी शाक्य पेशाले चिकित्सक हुन् । कोरना कहर बीच सेवा पुर्याइरहेकी शाक्यले संगीत मार्फत मन बहलाउन लभ भर्सनको रोमाण्टिक गीत सार्वजनिक गरेकी हुन् ।हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतमा स्वर रानी शाक्यको रहेको छ भने शब्द लक्ष्मी श्रेष्ठको रहेको छ । गीतमा संगीत ओम कर्माचार्यको रहेको छ ।गायिका शाक्यका यसअघि ‘को हो त्यो’ , ‘मेरो प्रियतम’ , ‘हरपल तिम्रो’ , ‘यो वैँशको मात’ , ‘सुरुवात’ , ‘पहिलो माया’ , ‘कथा’ बोलका गीतहरु स्रोता माझ लोकप्रिय छन।

चर्चित संगीतकार मधु क्षेत्री, ओम कर्माचार्य, न्ह्यू बज्राचार्य, बिक्रम थापाको संगीतमा र चर्चित गीतकार रमण घिमिरे, अरुण तिवारी , सहदेव ढुंगाना , लक्ष्मी श्रेष्ठको शब्दमा आफ्नो स्वर दिसकेकी गायिका शाक्यको हाल सम्म डेढ दर्जन गीत सार्वजनिक गरिसकेकी छिन ।स्वयम् गायिका शाक्यको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गायिका शाक्यले आग्रह गरेकी छिन ।आगामी दिनमा अन्य धेरै म्युजिक भिडियो सार्वजनिक गर्दै जाने समेत गायिका शाक्यले बताएकी छिन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बन्दबन्दीको समयमा ईट्टा उद्योगका मजदुरहरुलाई खाद्यान्न वितरण
  • कपिलबस्तुमा प्रदेश सांसद द्वारा भक्तजन प्रतिक्षलयको शिलन्यास !
  • शिव माविले पुर्यायो विद्यार्थीका घरआँगनमै पुस्तक
  • सिसहनियाँ उद्योग बाणिज्य संघको सरकारको पछिल्लो निर्णयले ध्यानाकर्षण
  • राजनिती छबी बनाउन राहत बितरण गरेको छैन: अभियान्ता चौधरी
  • समाजबादी सरकारको शैक्षिक व्यापारिकरण
  • नेपाल रेडक्रस सोसाइटी पञ्चनगर उपशाखाद्धारा रक्तदान सम्पन्न
  • कालिगण्डकी गाउँपालिकामा १८ वर्षिय पुरुष कोरोना संक्रमित
  • रूकुममा वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड
  • गाउँ फर्केका युवालाई लघुवित्त बैंकबाट पूँजी दिलाउन सुझाव