विदेशस्थित नेपालीहरुलाई कोरोनाबाट बच्ने उपाय -डा : रवीन्द्र पाण्डे

प्रकाशित मिति:

अमेरिका- युरोपियन युनियनका देशहरु बेलायत मिडिल इष्ट लगायतका क्षेत्रमा धेरै नेपालीहरु कोरोना भाइरसबाट संक्रमित हुनुहुन्छ  झन्डै ६ दर्जन नेपालीको मृत्यु भएको छ  धेरै नेपाली आइसीयु र भेन्टिलेटरमा हुनुहुन्छ  यो परिदृश्यबाट हामी नेपालीको मन रोएको छ  । कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि तथा कोरोना संक्रमणबाट गम्भीर अवस्था नआओस भन्नको लागि आदरणीय नेपाली बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई निम्न उपाय अबलम्बन गर्न अनुरोध गर्दछु
जीवनरक्षा भन्दा महत्वपूर्ण वृत्ति अरु केहि छैन  तसर्थ यो महामारीमा काम छुटेपनि, कमाई छुटेपनि, फाइदा छुटेपनि कृपया घरभित्र सुरक्षित रुपमा बस्नुहोला  माहुरीले फूल नफुल्ने मौसमको लागि मह स्टोर गरेजस्तै हामीले अहिलेसम्म कमाएको खाएर भएपनि तथा लोन लिएर भएपनि घरमै बस्नुहोला  सपिंग धेरै दिनको लागि गर्ने, त्यसलाई संक्रमणरहित बनाउने तथा बाहिर गइरहने अवस्था सिर्जना नगर्नुहोला  २ रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि तथा जीवन बचाउनको लागि बैज्ञानिक रुपमा प्रमाणित निम्न लिखित सप्लिमेन्ट सेवन गर्नुहोला  यसका बैज्ञानिक र प्रमाणित आधार धेरै छन्, ती यहाँ प्रस्तुत गर्दा लेख लामो हुने भएकोले कन्टेन्ट मात्र उल्लेख गरेको छु    भिटामिन डी ( Vitamin D ) 1000 IU दैनिक 60,000 IU  हप्ताको १ पटक नियमित खाने – भिटामिन सि इम्युन बुस्टर भिटामिन हो

दिनको १ चक्की भिटामिन सि ९ ५०० एमजी  चुस्नुहोला — Methylcobalamin 1500mcg  अर्थात् vitamin B12  दिनको १ चक्की खानुहोला – Zinc 40 mg न दिनको १ पटक खानापछि सेवन गर्नुहोला – Vitamin B6, Vitamin D3  कन्टेन्ट मल्टिभिटामिन दैनिक सेवन गर्नुहोला – – Vitamin E 400mg बिहान १ क्याप्सुल दैनिक सेवन गर्नुहोला – साल्मोन फिसको omega 3 fatty acid अर्थात फिस आयल दिनको २ क्पाप्सुल नियमित सेवन गर्नुहोला – – Quercetin from 250mg up to 1g  दिनको २ पटक,CoQ10 100-300mg  दिनको १ पटक, acetylcysteine (NAC) – 600mg  दिनको २ पटक तथा ग्रीन टि दिनमा २ कप वा १ क्याप्सुल दैनिक सेवन गर्दा रोगसँग लड्ने, गम्भीर अवस्था नआउने क्षमता प्राप्त हुन्छ  ९ माथिका सप्लिमेन्टहरु डिपार्टमेन्टल स्टोर वा फार्मेसीमा बिना प्रेस्क्रिप्सन किन्न पाइन्छ – रातमा ८ घण्टा सुत्ने, ब्यायाम गर्ने, योग तथा ध्यान गर्ने, तनाब ब्यबस्थापन गर्ने, चुरोट तथा रक्सी नखाने, पोषिलो खाना खाने, खानामा नेपाली मरमसलाको अत्यधिक उपयोग गर्ने, आफ्ना पुराना औषधि नछोड्ने, सामाजिक दुरी र पारिवारिक दुरी कायम गर्ने तथा सरसफाईमा ध्यान दिने गर्दा यो आतंककारी कोरोना भाइरससंग लड्न हामीभित्रको सिपाही क्षमतावान हुन्छ  कोरोना महामारी आयुको हिसाबले बृद्ध भएको छ  तसर्थ उच्च आत्मबल, धैर्यता, संयम र सजगता अपनाएर आफ्नो मानसिक स्वास्थ्यको समेत ख्याल गर्नुहुन अनुरोध गर्दछु