झापाको बिर्तामोड स्थित एनएमबी बैकमा पैसा जम्मा गर्न गएका व्यक्ति लुटिए

प्रकाशित मिति:

दमक – झापाको बिर्तामोड स्थित एनएमबी बैकमा पैसा जम्मा गर्न गएका व्यक्ति लुटिएका छन्। ताप्लेजुङ्ग यम्फुदिन १ का शेरबहादुर गुरुङ्गको साथबाट अाइतबार १७ लाख ९९ हजार रुपैयाँ लुटिएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बैँकमा नगद जम्मा गर्नका लागि गुरुङ्गले भौचर भर्दा साथमा रहेको पैसाको ब्याग लुटिएको थियो। ‘गुरुडले बैंकमा नगद जम्मा गर्नका लागि झोलामा पैसा लिएर आउनु भएको थियो’, प्रहरी स्रोतले भन्यो, ‘उनी भौचर भर्न लागेपछि उनको साथमा रहेको ब्याग चोरी भएको थियो।’ जिल्ला प्रहरी प्रमुख भिम ढकालले बैँकको सिसिटीभी फुटेज हेरेर लुटेराको पहिचान गरिने र घटनाबारे अनुसन्धान भैरहेकाे बताए।