सैनामैनामा वडा कार्यालय शिलान्यास

प्रकाशित मिति:

सैनामैनामा नगरपालिकामा बन्दाबन्दीको समयमा पनि सुरक्षित तरिकाले निमार्ण कार्य अगाडी बढाईएको छ । सैनामैना वार्ड नं ३ को वार्ड कार्यालय भवनको आज शिलान्यास गरिएको हो ।  बिकास निमार्णको कार्यलाई सुरक्षित तबरले अगाडी बढाईएको सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो । बन्दाबन्दीको समयमा समाजिक दुरी कायम गर्दै योजनाका काम अगाडी बढाईने समेत प्रमुख कार्कीले बताउनु भयो । वार्ड कार्यालय भवनको शिलान्यास गर्दै सैनामैना ३ का वार्ड अध्यक्ष रत्न बहादुर पौडेलले यो सबैको साझा सम्पति भएकोले निमार्ण कार्यमा सबैको साथ, सहयोग र अनुगमन जरुरी रहेको बताउनु भयो ।

करिब १ करोड ५० लाखको लागतमा सैनामैना ३ को कार्यालय भवन निमार्ण गर्न लागिएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनु भयो ।बनाउन लागिएको भवन दुई तले रहेको र प्रत्येक तलामा ४ वटा कोठा रहने सैनामैनाका योजना प्रमुख सुरज न्यौपानेले बताउनु भयो । वडा कार्यालय भवन करिब ६ महिना भित्रै निमार्ण कार्य सम्पन्न हुने निमार्ण कम्पनी जय देउरालि निमार्ण सेवाका संचालक बिष्णु घिमिरेले प्रतिबद्धता जनाउनु भएको थियो । आफ्नै वडामा कार्यालय भवन बनेपछि सेवा लिन धेरै सहज हुने सैनामैना ३ निवासी निर्मल राज पौडेलले बताउनु भयो । वडा कार्यालय निमार्ण हुने भए पछि सैनामैना ३ का स्थानिय बासी उत्साही र खुशी देखिएका थिए । शिलायन्यस कार्यक्रममा सैनामैनाका ३ का कार्यापालिका सदस्य सबिता भुषाल भण्डारी, वडा सदस्य पुनसरा सेती, सुन ब. पुन, भिम खड्का समाज सेवी चाम बहादुर क्षेत्री लगायत स्थानियको सहभागीता रहेको थियो ।