रेसुङ्गा नगरपालिकामा १५ जनाको पिसिआर परिक्षण गरि १४ जनालाई सुरक्षीत घर पठाइयो १ जना आइसोलेसनमा ।

प्रकाशित मिति:

रमेश भण्डारी – गुल्मी जिल्लाको पहिलो नगरपालिका रेसुङ्गा नगरपालिकाले महेन्द्र माध्यमिक बिद्यालयमा राखिएका १४ जनाको पि सि आर परिक्षण गरि सुरक्षित रुपमा घर पठाएको छ। १४ दिनदेखी क्वारेन्टाइन मा राखिएका १४ जना ब्याक्तिहरुको बैशाख २४ गते स्वाब संकलन गरि परिक्षणको लागि पोखरा पठाइएको थियो २५ गते साझ ती ब्यक्तिहरुको रिपोर्ट नेगेटिभ आएपछि २६ गते बिहान नगरप्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख सहितको उपस्थितमा १४ जना ब्यक्तिहरुलाइ रिपोर्ट बितरण गरि घर पठाइएको छ।

घर जानेहरुमा मदाने गाउपालिका गाउपालिका २ का भेसराज भुसाल, छत्रकोट २ का मन बहादुर पौडेल , रेसुङ्गा १० का लेखनाथ पाण्डे, रेसुङ्गा ३ का इन्द्र केसी , मुसिकोट ४ का बिष्णु कार्की, रेसुङ्गा १० का तेजेन्द्र बस्नेत, १० कै टोप बहादुर बस्नेत, रेसुङ्गा ९ का गङ्गा बहादुर आले,रेसुङ्गा १२ का बेल बहादुर धुरेल, १२ कै नेत्र बहादुर बस्नेत, मुसिकोट ७ का केशव राना र हुम बहादुर राना, छत्रकोट ६ का शिभ दर्लामी र राजकुमार नेपाली रहेका छन। यी १४ जना ब्यक्तिहरु भारतमा ८ दिन सुनौलीमा २८ दिन क्वारेन्टाइनमा बसेर आएका थिए। यिनिहरुको परिक्षण नभएकोले रेसुङ्गा नगरपालिकाले १४ दिन्सम्म क्वारेन्टाइनमा राखेर पि सि आर परिक्षण गरेर पठाएको नगरप्रमुख डिल्लिराज भुसालले बताउनुभयो ।

त्यस्तै इश्मा गाउपालिकाबाट जिल्ला अस्पताल तम्घासमा उपचार गर्न आएका शोबु नेपालिको भने उपल्लो तम्घास मा।बि को आइसोलेसन वार्ड्मा राखि उपचार गरिरहेको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले बताउनुभयो। उनलाइ सामन्य जोरो र खोकी आएकोले आइसोलेसनमा राखी उपचार गरिएको र उनको पि सि आर परिक्षण गरिसकेको र रिपोर्ट नेगेटिभ आएको केही दिन राखेर ठिक भएपछी घर पठाउने उहाले बताउनुभयो ।