अभिनेता लियोनार्दो डि क्याप्रियो तथा निर्देशक मार्टिन स्कोरसेजले छैटौं पटक सँगै काम गर्ने

प्रकाशित मिति:

हलिउड अभिनेता लियोनार्दो डि क्याप्रियो तथा बरिष्ठ हलिउड निर्देशक मार्टिन स्कोरसेजले छैटौं पटक सँगै काम गर्ने तय भएको छ।

निर्देशक स्कोरसेज न्यू योर्कको वेस्ट सेलरुमा परेको डेभिड ग्रान लिखित किलरस् ओअ द फ्लावर मुनु किताबमाथि बन्ने फिल्मका लागि अनुबन्धित भएपछि यो जुगलबन्दी हुने पक्का भएको हो। आगामी वर्षबाट निर्माण सुरू हुने फिल्ममा लियोनार्दो प्रमुख भूमिकामा देखिनेछन्।फिल्मलाई ओस्कार विजेता लेखक इरिक रोथले लेखेको यस फिल्म सन् १९२०को दशकमा तेल उत्खननका क्रममा भएको आदिबासी अमेरिकीहरूको श्रृखंलाबद्ध हत्याकाण्डमा आधारित हुनेछ।