कपिलवस्तुमा भेटिएका कोरोना संक्रमित ७ दिन पहिला भारतबाट आएका थिए

प्रकाशित मिति:

कपीलवस्तु । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।प्रजिअ दीर्घनारायण पौडेलले संक्रमित दुबै जना मायादेबी गाउँपालिकाको रहेको बताए । दूबै जना मायादेबी गाउपालिका– १ पकडी स्थित छत्रपाली तीर्थादेबी माबिको क्वारेनटाइमा ७ दिन देखि बस्दै आएका थिए । उनीहरु दुबै जना भारतको मुम्बईबाट ७ दिन अघि लुकीछिपी फर्केका थिए ।दुबै जनाको स्वाब संकलन गरी मंगलबार काठमाडौं पठाईएको थियो । दुबै जनालाई बुटवल पठाईने तयारी गरिएको प्रजिअ पौडेलले बताए । दुवैमा कोरोनाको लक्षण नदेखिए पनि संक्रमित भएको पाईएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तु नगरपालिका वडा नं। ८ ,९साविक विजुवा गाविस का भनेपनि यी नागरिक मायादेवी गाउँपालिका वडा नं। ८ का रहेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । तीमध्ये १९ जना निको भएर घर फर्किएका छन् ।