प्रचण्ड -सिता विवाहको ५१ वर्ष पुरा

प्रकाशित मिति:

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सिताबीच विवाह भएको ५१ वर्ष भएको छ ।सामाजिक सञ्जालमा नेकपा नेता कार्यकर्ताले प्रचण्डलाई वैवाहिक वर्षगाठको शुभकामना दिइरहेका छन् । प्रचण्ड पूत्री गंगा दाहालले आज आमा बुवाको ५१ वर्षगाठ भन्दै शुभकामना दिएकी छिन् ।प्रचण्ड र सिताको ५१ वर्ष पहिले विस २०२६ सालमा मागी विवाह भएको थियो। प्रचण्ड र सिता दुवैले १५ वर्षको उमेरमा विवाह गरेका थिए ।गत वर्ष वर्षगाठको ५० वर्षको अवसर पारेर प्रचण्ड र सिताबीच पुन विवाह कार्यक्रम आयोजना गरिएको थियो । यस वर्ष भने औपचारिक कार्यक्रम गरिएको छैन ।प्रकाश दाहालको निधनपछि सिता दाहाल विक्षिप्त बनेको र स्वास्थ्य स्थितिमा पनि समस्या अएको भन्दै सकारात्मक मानसिक प्रभावका लागि भन्दै पुन विवाह गरिएको बताइएको थियो ।५० औं वर्षगाठमा प्रचण्ड र सिता दुलाह दुहली झैं सजिएका थिए । तर, शारीरिक रुपमा सीता निकै अशक्त देखिएकी थिइन् । विवाह कार्यक्रममा पञ्चेबाजा बजाइएको थियो ।

प्रचण्ड पत्नी सिता पार्किन्सन रोगबाट पीडित छिन् ।उपचारका लागि गत चैतमा प्रचण्डले पत्नी सितालाई अमेरिका पनि लगेका थिए ।सिता केही समय अघिदेखि नै पार्किन्सन रोगबाट पीडित छिन् । छोरा प्रकाश दाहालको निधन भएपछि उनमा यो समस्या थप बढेको छ । अमेरिका जानु अघि प्रचण्डले भने अनुसार पहिला पार्किन्सन भित्रको भनेर सामान्य मानिए पनि यो जटिल बनेको छ ।पार्किन्सन भित्रको पनि प्रोग्रेसिभ सुप्रान्यूक्लियरपाल्सी भन्ने रोग सितालाई लागेको प्रचण्डले जानकारी दिएका थिए । रोग अलि जटिल नै हुन थालेको र अमेरिकामा यसको पछिल्लो प्रविधि अनुसार उपचार हुने भएपछि आफू त्यसतर्फ लागेको प्रचण्डले बताएका थिए । अमेरिकामाउपचार गरेर आएपनि सिताको स्वास्थ्यमा अपेक्षाकृत सुधार हुन सकेको थिएन ।पछिल्लो समय उनको शारीरिक अवस्था कमजोर बन्दै गएको छ। उनी साहराबिना हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी छिन् । पार्किन्सन्स रोगबाट पीडित उनको स्वास्थ्यमा सुधार नभएपछि आयुर्वेदिक उपचार पनि थालिएको थियो । उनलाई उपचारका लागि हरिद्वारस्थित रामदेवको योगपिठ लगिएको थियो ।@khabarhub