मलेसियासँग आज काठमाडौंमा दुईपक्षीय श्रम समझदारी हुँदै

प्रकाशित मिति:

नेपालीको प्रमुख रोजगारी गन्तव्य मलेसियासँग आज काठमाडौंमा दुईपक्षीय श्रम समझदारी हुँदै छ । समझदारी पत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधनमन्त्री कुला शेघरानको नेतृत्वमा ६ सदस्यीय टोली आइतबार राति काठमाडौं आइपुगेको छ ।

हालसम्म वैदेशिक रोजगारीमा गएका ३५ लाख ५४ हजार नेपालीमध्ये २९. ८८ प्रतिशतको गन्तव्य मलेसिया छ ।