जोखिममा स्थानीय संचार माध्यम

प्रकाशित मिति:

कोभिड १९ को प्रभाव हरेक क्षेत्रमा परिरहेको छ । आम नागरिकलाई संचार संस्थाले नजिकबाट समन्वय गर्दै आएका छन् र सूचना उपलब्ध गराउँदै आएका छन् । त्यसका पनि स्थानीयस्तरमा संचालनरत संचार माध्यमले त्यसलाई अझ नजिक बाट नियाल्दै सूचना प्रशारित गर्दै आएकाछन् । स्थानीय स्तरमा संचार माध्यमले कसरी काम गर्दै आएका छन् ? संचार संस्था र त्यसमा काम गर्ने पत्रकारको अवस्था कस्तो छ ? स्थनीयस्तरको पत्रकारिताका चूनौती के के छन् ?सेफर्ड कलेज काठमाडौंले शुक्रबार कोरोनामा सामुदायिक मिडिया विषयक अनलाइन अन्र्तक्रियाको आयोजना गरेको थियो । कविता शर्माले संयोजन गरेको अन्र्तक्रियामा बुद्ध सामुदायिक टेलिभिजनका कार्यकारी प्रमूख बिक्रम खड्का, बागेश्वरी एफएम नेपालगञ्जका प्रमूख शुक्रऋषी चौलागाईं र क्रियाशिल पत्रकार महिला (डब्लू डब्लू जे)का संस्थापक अध्यक्ष संगीता लामाले बिचार राखेका थिए । प्रस्तुत छ , कार्यक्रममा राखिएका विचारको संपादित अंश :

संगीता लामा , संस्थापक अध्यक्ष – डब्लू डब्लू जे  – मुलधारको समाचारको स्रोत स्थानीय संचार माध्यम र स्थानीय स्तरका पत्रकारहरु हुन । अहिलेको अवस्थामा स्थानीय स्तरमा संचालनमा आएका संचार संस्थााको भुमिका अझै ठुलो भएको छ । जिल्लामा,बुझ्दा पत्रकारहरु अहिले जोखिममा रहेर पत्रकारिता गर्दै आएका छन् । स्वास्थ्य क्षेत्रमा काम गर्ने,फोहर व्यवस्थापनमा काम गर्ने कामदार,पत्रकारलाई अग्रपंतिमा छन् भने पनि पत्रकारको सुरक्षामा ध्यान दिएको पाइएन । त्यसमा पनि अहिले स्थानीय तहमा अझै बढि जोखिम मोलेको र अहिले उनीहरुकै समाचार सबैले समेटेको अवस्थामा अहिले स्थानीय संचार माध्यम नै मुलधार बनेका छन् । अहिले सामाजिक संजाल तथा युट्युवरले पत्रकारिताको आधारभुत मापदण्डलाई पुरा गर्न नसकेको अवस्था छ । सबैलाई एउटै डालोमा राखेर हेर्न त मिल्दैन तर समाचार संकलनका नाममा गैर जिम्मेवार तरिकाले समाचार संप्रेषण गरेका हुन्छन् । आम नागरिकले कुन संचार माध्यमले दिएको समाचार कति सत्य हो भनेर छुट्याउनको लागि समेत गाह्रो भएको छ । यस्ता खालका प्रवृत्तिलाई निरुत्साहित गरिनुपथ्र्यो ।

अहिले धेरै संचार माध्यम कोरोना संक्रमणमा केन्द्रित छन् । संचार माध्यमले कोरोनाले सामाजिक, आर्थिक लगायतका क्षेत्रमा पारेको प्रभावमा थप खोज हुन जरुरी छ तथापी अहिले पत्रकार प्रति गुनासो मात्र भन्दा पनि जे जसरी पत्रकारले काम गरेका छन् त्यसलाई पनि सम्मान गर्नुपर्ने अवस्था त छ तर सक्दा सामाचार कन्टेन्टमा थप सक्रियता जनाउन पर्ने देखिन्छ ।अहिले महिला पत्रकारहरु फिल्डमा खटेकाछन् । महिला पत्रकारको पारिवारिक जिम्मेवारीमा पनि छन् । धेरै पत्रकार महिलासँग कुरा गर्दा उनीहरुलाई समाज र परिवारमा समेत असुरक्षाका कारण दवाव भोग्नुपरेको छ । बिभिन्न निकायबाट दिएका सहयोग पनि सबै महिला पत्रकार सम्म पुग्न सकेको छैन । महिला पत्रकार पनि आर्थिक संकटको अवस्थामा पनि छन् नै । अन्य पेशा भन्दा पत्रकारिता संकटमा परेको निश्चित छ ।अहिले सम्म पत्रकारिता सौख, शक्ति, पहुँच लगायतका कुरा पनि जोडिएको कारण पत्रकारिता चल्न समेत त चलेको छ । पुरुष पत्रकारको पनि अवस्था उस्तै छ तथापी महिला पत्रकारमा उनीहरुको पेशा परिवर्तनमा दवाव आउने चुनौती थपिएको छ । विभिन्न कारणले महिला पत्रकारले पत्रकारितामा निरन्तरता पाउने र संचार संस्थाले पनि पत्रकार जागिर फालिँदा महिला पत्रकार पर्ने संभावना उत्तिकै छ । उनीहरुको स्थायीत्वको लागि केही भूमिका निभाउन जरुरी छ । पत्रकारको सुरक्षा तथा रिर्पोटिङका सवाललाई पत्रकार महासंघले गाइड गर्नुपर्ने देखिन्छ ।

बिक्रम खड्का, कार्यकारी प्रमूख  –बुद्ध सामुदायिक टेलिभिजन, बुटवल- शुरुमा पत्रकारले सुरक्षाका सामाग्री आवश्यकता पर्छ भन्ने पनि महसुस भएन । सधै घरमा बसेर रिपोर्टिङ गर्न सक्ने अवस्था नभएको कारण फिल्डमा जानुपर्ने भयो, सुरक्षाका सामाग्रीको आवश्यकता महसुस भयो तर सामान्य सेनिटाइजर, मास्क बाहेक अरु सुरक्षाका साधन मा पहुँच भएन । अहिले समुदाय स्तरमा फैलिए पछि पत्रकार जोखिममा छन् । कोरोना टेस्ट किटको अभावमा रोकिएको छ । यस्तो अवस्थामा अहिले संक्रमित क्षेत्रमा नागरिक मात्र नभएर पत्रकार समेत त्रासमा छन् । सुरक्षाका सामाग्री उपलब्ध गराउने कुरा कसैको प्राथमिकतामा परेको छैन तथापी हामी आफुहरु पेशा प्रति बफादार भएर काम गर्नुपर्ने छ गरेका छौं ।पत्रकारितालाई मुल पेशा बनाएका पत्रकारलाई यो स्वास्थ्यसँग जोडिएर आएको विपत्तिले पत्रकारको आर्थिक अवस्थामा ठुलो खाडल बनाउने निश्चित छ । अहिले सम्म बिज्ञापन दाताले प्रचार प्रचारका लागि भन्दा पनि केही रकम सहयोग गरेका मात्र हुन् अब त्यो अवस्थामा पनि नरहने र बिज्ञापन सहयोग नभए पनि चरम आर्थिक संकटका कारण पत्रकार बेरोजगार बन्न सक्ने अवस्था छ । मोफसलको संचार राजधानी भनिदै आएको बुटवलमा पनि यसको प्रभाव नपर्ने कुरा भएन । यहाँ संचार संस्थाका लगानीकर्ताले पनि अब पत्रकारको जागिर भन्दा पनि संचार संस्थालाई कसरी अगाडि बढाउने भन्ने मात्र चिन्ता गरेको अवस्था छ । अन्ततोगत्वा संचारकर्मीको पेशागत संकट अवश्यमभावी छ । कोभिडका कारण कोही पनि पत्रकारले बेरोजगार बन्नु नपरोस् भनेर सम्बनिधत निकायले तदारुकता देखाउन जरुरी छ । पत्रकारले आफ्ना समस्या बाहिर ल्याउन नसकेको अवस्था छ, आदर्शले मात्र सधै चल्दैन , समस्या परेको कुरा पत्रकारसँग जोडिएका संघसंस्थासम्म जानुपर्ने र बिशेष गरि पत्रकार महासंघले यसको नेतृत्व गर्नुपर्छ ।

शुक्रऋषी चौलागाई प्रमूख बागेश्वरी एफएम नेपालगञ्ज  –अहिले हामीले रेडियो र अनलाइनको प्रभावकारीता बढेको छ । तल्लो तह सम्ममा पहुँच पुगेको संचार माध्यमको रुपमा रहेका छन् । अडियन्सले यसलाई नै प्राथमिकता दिएका छन् । स्थानीय संचार माध्यमले पनि अझै पनि कोरोनाको अपडेट ब्रेक गर्न मै प्रतिस्पर्धा गरिरहेको अवस्था छ । त्यस भन्दा बढि आम नागरिकलाई सुसुचित गराउने कुरामा अहिले पनि चुकिरहेको अवस्था छ । खासा कोरोना संक्रमण, चेक जाँच, दीर्घकालिन योजना बनाउनको लागि स्थानीय सरकारलाई दवाव दिनु पर्ने हो , शुरुमा अन्यौलता रह्यो तर अहिले आएर मात्र त्यस तर्फ जानको लागि प्रयासरत छन् । नेपालगञ्ज सबै खालका समुदयको बसाइ रहेको हुँदा सामाजिक सद्भाव समेत कायम राख्ने अहिलेको परिस्थितिमा संचार माध्यमले संयोजन गरेका छन् र संवादकर्ताको रुपमा काम पनि गरिरहेका छन् । स्थानीय अगुवा तथा सामाजिक रुपमा स्थापित व्याक्तिलाई समेटेर बहस चलाउँदा ठुलो दुर्घटना समेत टरेको छ । मिडिया हाउस आर्थिक रुपमा संकटमा पर्दै गएका छन् । स्थानीय संचार माध्यममा तिनको भोलीको अवस्था कस्तो रहने भन्ने कुरा यो नै हुन्छ भन्नु भन्दा पनि उनीहरुको आर्थिक हैसियतले निर्धारण गर्ने कुरा पनि हो । स्थानीय संचार संस्थाले राज्यका निकायबाट संरक्षण पाउन सकेका छैनन् ।अहिले सम्म स्थानीय संचार माध्यमले बिशेष योजना बनाउन आवश्यक छ । अहिले स्थानीय सरकारले स्थानीय संचार संस्थालाई चासो दिएको पाइन्न । अहिले सम्म बजाउने सरकारी सूचना तथा जानकारी धेरै रकम खर्चन सके राष्ट्रिय मिडिया खोज्ने तर सामान्य रकममा आदेशात्मक तरिकाले स्थानीय संचार माध्यमसँग प्रस्तुत भएकाछन् । बास्तबमा खुला दिलले सहकार्य गर्न सकेको छैन ।कोरोनाको प्रभाव तत्काल सकिन्न । संरक्षण, सवलिकरण र उत्तरदायी पत्रकारिताको लागि वातावरण बनाउन संचार हाउस लगायतले बातावरण बनाउन जरुरी छ र सबैले समन्वयको वातावरण बनाउन जरुरी छ ।