गल्याङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका ८१ जनाको विदाई

प्रकाशित मिति:

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका ८१ जनाको शुक्रबार विदाई गरिएको छ । गल्याङ नगरपालिका वडा नम्बर तीनमा रहेको गल्याङ बहुमुखी क्याम्पसमा बसेका ७९ जना र करादीमा रहेका दुई जनालाई १४ दिन क्वारेन्टाइनको समय पुरा भएपछि विदाई गरिएको हो । विदाई भएकाहरुमा ७९ जना बारा जिल्लाको डाबर नेपाल कम्पनीमा कार्यरत रहेका छन् भने अरु दुई जना बुटवलबाट आएका छन् । विदाई भएकाहरुले आफुहरुलाई नगरपालिकाले खाने बस्ने कुरामा कुनै कमी नगरेको प्रतिक्रिया दिएका छन् । उनीहरुले प्रभावित क्षेत्रमा बस्न त्रास रहेको अवस्थामा नगरपालिकाले उद्दार गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।
विदाई गर्दै गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले आगामी दिनमा सतर्कताका साथ घरमा नै बस्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो –‘स्वास्थ्य वा अरु जुनसुकै समस्या भएपनि नगरपालिका तपाईको साथमा छ, कुनै समस्या परे खबर गर्नुहोला ।’नगरप्रमुख अधिकारीले पुष्प गुच्छाले उनीहरुलाई विदाई गर्नुभएको थियो ।
क्वारेन्टाइनमा बसेकाहरुमा कसैमा पनि कुनै स्वास्थ्यको समस्या नदेखिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले जानकारी दिनुभयो ।
यसैवीच, विदाई गर्ने क्रममा ¥यापिड डाइनोस्टीक किटको अभाव भएको छ ।

स्वास्थ्य कार्यालय स्याङ्जामा नै किटको अभाव भएपछि परिवारको एक जना तथा अवस्था हेरेर स्वास्थ्य कार्यालय स्याङ्जाबाट नै आरडिटि गरिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो –‘किटको समस्या भएकाले ४६ जनाको मात्रै यान्डम्ली टेस्ट गरिएको छ ।’ टेस्ट गरिएका सबैमा रिपोर्ट नेगेटिभ आएको पनि भण्डारीले जानकारी दिनुभयो । ८१ जना बाहिरिएसँगै अब गल्याङ बहुमुखी क्याम्पसमा १४ जना मात्रै क्वारेन्टाइनमा बाँकी रहेका छन् ।गल्याङ नगरपालिकाको राहत कोशमा सहयोग आउने क्रम जारीगल्याङ । गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोशमा राहत रकम तथा जिन्सी सामाग्री आउने क्रम बढेको छ । विभिन्न संस्थाहरुले राहत रकम तथा राहत सामाग्री सहयोग गरिरहेका छन् । गल्याङ नगरपालिका प्रकोप व्यवस्थापन राहत कोशका लागि गल्याङ नगरपालिका वडा नम्बर दुई बटुवामा रहेको श्री सिर्जनशील आमा समूहले १० हजार एक सय रुपैयाँ सहयोग गरेको छ । शुक्रबार आमा समूहका अध्यक्ष गीता भण्डारी, उपाध्यक्ष सरस्वती भण्डारी र कोषाध्यक्ष कृष्णा न्यौपाने भण्डारीले यो रकम नगरप्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो । यस्तै, गल्याङ नगरपालिका वडा नम्बर चार मोतिचौरमा रहेको श्री दिपज्योती आमा समूहले पनि १० हजार एक सय रुपैयाँ सहयोग गरेको छ । समूहका अध्यक्ष धनमाया थापा, सचिव बेगम थापा, सल्लाहकार जुना थापा तथा सदस्यहरु गमिसरा थापा र ठगिसरा रानाले यो रकम नगरप्रमुख अधिकारीलाई हस्तान्तरण गर्नुभयो । यसैगरी, गल्याङ नगरपालिका चार मा नै रहेको श्री जनसांस्कृतिक युवा क्लबले पनि गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोशमा पाँच हजार पाँच सय रुपैयाँ हस्तान्तरण गरेको छ । क्लबका सल्लाहकार रामु थापा, अध्यक्ष साजन थापा, उपाध्यक्ष रोशन थापा र सचिव सचिन रानाले यो रकम हस्तान्तरण गर्नुभएको हो । यस्तै, गल्याङ नगरपालिका ७ सेन्थुम्का धराङ्दीमा रहेको श्री थानापति जनजागरण आमा समूहले पनि छ हजार पाँच सय रुपैयाँ सहयोग गरेको छ ।

काठमाडौंमा रहनुभएका आमा समूहका अध्यक्ष विष्णु भण्डारीसँगको समन्वयमा उपाध्यक्ष रमा भण्डारी, सचिव दिपा भण्डारी र सदस्य मञ्जु भण्डारीले यो रकम हस्तान्तरण गर्नुभएको हो । रकम ग्रहण गर्दै नगरप्रमुख भुपराज अधिकारीले आमा समूहहरुबाट थोरै थोरै जम्माम भएको रकम सहयोग गरिएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो –‘आमा समूहको आम्दानी गर्ने खासै स्रोत नभएपनि सहयोग गर्नुभएको छ । म तपाईहरुलाई उच्च सम्मान गर्दछु ।’नगरप्रमुख अधिकारीले आगामी दिनमा नगरपालिकाले सबै कुरामा सहकार्य गर्ने प्रतिबद्वता जनाउनुभयो । उहाँले समस्यामा परेकाहरुलाई राहत वितरण गर्ने कार्य भैरहेको जानकारी दिदै कहीं अप्ठ्यारेमा परेका व्यक्ति देखिएमा खबर गर्न आग्रह गर्नुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘वडा अध्यक्षहरुले वडाको समन्वयमा राहत वितरणको काम त भएको छ, तर कहीं ध्यान नपुगेको वा नपाउनुपर्नेले पाएको अवस्था छ भने पनि खबर गरी सहयोग गर्नुहोला ।’ उहाँले जम्मा भएको रकम पारदर्शी रुपमा वास्तविक पीडितहरु सामु पु¥याउने प्रतिबद्वता पनि दोहो¥याउनुभयो । शुक्रबारसम्म गल्याङ नगरपालिका प्रकोप व्यवस्थापन राहत कोषमा १९ लाख ११ हजार छ सय ९५ रुपैयाँ जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिनुभयो ।