आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने

२६ बैशाख २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया
24 Shares


काठमाडौं, वैशाख २६ । मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन्।सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाका शाखा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो।एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीका अनुसार सरकारको निर्णयअनुसार आवश्यकताका आधारमा एकतिहाइ कर्मचारी राखेर शाखा सञ्चालनमा ल्याउन लागिएको हो। नेपाल बैंकर्स संघले सबै बैंकका सम्पूर्ण शाखा खोल्न आग्रह गरेको छ।

एक पटकमा शाखा कार्यालयमा पाँच जनाभन्दा बढी सेवाग्राहीलाई प्रवेश नदिने, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागिसमेत अनिवार्य गरिएको छ। ‘लकडाउन’को अवधिमा बैंकले आलोपालो सेवा दिँदै आएका थिए। शाखा कार्यालय नजिक रहेका एटिएम काउन्टर बन्द गरिएका थिए भने अन्य स्थानमा एटिएम सञ्चालनमा ल्याइएको थियो। सरकारले गत चैत ११ गतेदेखि कोरोनाको संक्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै बैंक तथा वित्तीय संस्था आंशिकरुपमा खुलेका थिए। उनीहरुले ग्राहकलाई बढीभन्दा बढी विद्युतीय माध्यममार्फत कारोबार गर्न आग्रह गरेका थिए। सरकारको पछिल्लो निर्णयलगत्तै बैंकका शाखा खुल्ने निर्णयले ग्राहकलाई थप राहत पुग्ने विश्वास लिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बन्दबन्दीको समयमा ईट्टा उद्योगका मजदुरहरुलाई खाद्यान्न वितरण
  • कपिलबस्तुमा प्रदेश सांसद द्वारा भक्तजन प्रतिक्षलयको शिलन्यास !
  • शिव माविले पुर्यायो विद्यार्थीका घरआँगनमै पुस्तक
  • सिसहनियाँ उद्योग बाणिज्य संघको सरकारको पछिल्लो निर्णयले ध्यानाकर्षण
  • राजनिती छबी बनाउन राहत बितरण गरेको छैन: अभियान्ता चौधरी
  • समाजबादी सरकारको शैक्षिक व्यापारिकरण
  • नेपाल रेडक्रस सोसाइटी पञ्चनगर उपशाखाद्धारा रक्तदान सम्पन्न
  • कालिगण्डकी गाउँपालिकामा १८ वर्षिय पुरुष कोरोना संक्रमित
  • रूकुममा वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड
  • गाउँ फर्केका युवालाई लघुवित्त बैंकबाट पूँजी दिलाउन सुझाव