क्वारेन्टाइनमा योग प्रशिक्षण गराउदैै लुम्बिनी आयुर्वेद चिकित्सालय

२७ बैशाख २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


रीमा बि.सी. बुटवल,बैशाख २६ गते ।क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई लक्षित गरेर लुम्बिनी आयुर्वेद चिकित्सालयले रुपन्देहीका ४ वटा स्थानिय तहका क्वारेन्टाइनमा योग प्रशिक्षण दिएको छ ।प्रदेश ५ सामाजीक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको निर्देशिका अनुसार क्वारेन्टाइनमा रहेकालाई रोगबाट लडन सक्ने क्षमताको विकास गर्ने उद्देश्य प्रशिक्षण गरिएको हो ।लुम्बिनी आयुर्वेद चिकित्सालयका वरिष्ठ कविराज गणेश सापकोटाले रुपन्देहीका ४ वटा पालिकाका क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई रोगबाट लडन सक्ने क्षमताको विकास गर्ने मुख्य उद्देश्यका साथ प्रशिक्षण गरिएको वताउनुभयो ।

सापकोटाले क्वारेन्टाइनमा रहेका वा बाहिर रहेका सबैको दिनचर्या, सरसफाईका उपायहरु, खानपान शैली, रोग प्रतिरोध क्षमताको वृद्धिका उपायहरु, समान्य लक्षणको उपचार, अनिद्रा आएमा केगर्ने लगायतका विषयमा विभिन्न सहभागीहरुलाई प्रशिक्षण गरेको वताउनुभयो ।रुपन्देहीका तिलोत्तमा नगरपालिका देवदह नगरपालिका कोटहीमाई गाउँपालिका र मायादेबी गाउँपालिकामा यो अभियान संञ्चालन गरिएको र क्वारेन्टाइनमा रहेकाहरुलाई प्रत्येक बिहान चिया पिउन गुर्जो, जेष्ठ नागरिकहरुको लागि असोगन्धा चुर्ण, प्रसुति स्त्रीको लागि सतावरी चुर्ण लगयतका आयुर्वे्दिक औषधीहरु समेत पालिकाका प्रमुखहरुलाई उपलब्ध गराएको बताउनुभयो ।क्वारेन्टाइनमा रहेकालाई यो खुवाउने,अरुलाई पनि खान सल्लाह दिएको क्वारेन्टाइनमा रहदा तनाब हुने ईमिनियुटी पावर कमीहुने अनाबश्यक चिन्तन गर्ने जस्ता काम नहोस भनेर योगा,नाचगान लगायतका कार्य गराएको बताउनुभयो ।त्यसै गरी लुम्बिनी आयुर्वेदिक चिकित्सालयका योग प्रशिक्षक विष्णुहरि आचार्यले आत्मबल बढने, शरीरमा रोग प्रतिरोधक क्षमता बढने, तनाव कम हुने, विचार शुद्ध हुने जस्ता विभिन्न पक्षमा क्वारेन्टाइनमा रहकाहरुलाई योग प्रशिक्षण गराएको वताउनुभयो ।

योग प्रशिक्षणमा पालिका मेयरहरु, अध्यक्षहरु,प्रमुख कार्यकारी अधिकृत पालिका आयुर्वेद चिकित्सालयका चिकित्सक, प्रमुख सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागी रहेको आचार्यले बताउनुभयो ।पालिका प्रमुखहरुले आहारविहार तथा पहिलेको आहार विहारमा धेरै बदलाव आएकोले मानिसहरुमा रोग प्रतिरोधक क्षमता धेरै न्यून रहेको बताउदै ‘मानिस जति विद्धान भए पनि आफ्नो शरीरको आवश्यकता तथा क्षमताबारे जानकारी हुनु आवश्यक रहेको बताउनुभयो ।जसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको छ त्यस्ता व्यक्तिहरुलाई यसको संक्रमण सजिलै हुने भएकोले राम्रो खानपान र व्याममा ध्यान दिनुपर्ने बताउनुभयो । अहिले रुपन्देहीमा १६ स्थानमा क्वारेन्टाइन रहेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया