नेपालमा थप सात जनामा कोरोनाको संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या १०९ पुग्यो

प्रकाशित मिति:

काठमाडौं, वैशाख २७ स् नेपालमा थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या १०९ पुगेको छ ।दपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको हो ।उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।