कोरोनाकोषमा नेपाली कांग्रेस पुर्वखोला गाउपालीका द्धारा सहयोग

प्रकाशित मिति:

पाल्पा,२७ बैशाख । नेपाली कांग्रेस पूर्वखोला गाउँपालिका कार्य समितिले पूर्वखोला गाउपालिकाले स्थापना गरेको कोरोना भाइरस कोभिड १९ प्रकोप रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग गरेको छ । पार्टीका पुर्वखोला गाउपालिका कार्यसमितिकाा संयोजक कृष्णप्रसाद शर्मा पौडेल,पार्टीका क्षेत्रीय सदस्य तथा युवा नेता किशोर पंगेनि,महिला नेतृ सीता देवकोटा,पार्टीका वडा नं ३ का सचिव इश्वर आचार्य,तरूण नेता नारायण न्यौपाने लगायतको टोलिले आज गाउपालिका अध्यक्ष नुनबहादुर थापालाई २६ हजार ७ सय रूपयाको भौचर हस्तान्तरण गरेको राहत हस्तान्तरणको संयोजन गरेका किशोर पंगेनिले जानकारी दिए ।कांग्रेस गाउपालिका समितिले पूर्वखोला गाउँपालिकाको स्थानीय तह प्रकोप व्यवस्थापन कोषको खाता नं।F204010000008 मा २६,७०० छब्सीस हजार सात सय जम्मा गरेको हो ।

नेपाली कांग्रेस पाल्पाको जिल्लाका प्रत्येक पालिकाहरूले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा राहत कोषमा पार्टीको सम्बन्धित पालिका समितिले नगद सहयोग गर्ने निर्णय अनुरूप पार्टीको पुर्वखोला गाउ पालिकाा समितिले पनि सहयोग स्वरूप रकम हस्तान्तरण गरिएको संयोजनकर्ता पंगेनिले बताए । कोरोना भाइरसबाट जोगिनका लागि सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी रूपमा काम गरेर खानेपानी मजदुरहरू भोकै मर्न नपरोस भन्ने उदेश्यले पुर्वखोला गाउपालिका भित्र रहेका नेपाल कांग्रेस समर्थक बुद्धिजीवी नागरिकहरूबाट स्वयक्षिक रूपमा संकलन गरिएको रकम गाउपालिकाको राहत कोषमा जम्मा गरिएको पार्टीका वडामा सचिव आचार्यले जानकारी दिए ।