रनको मायालु प्रियशी बनिन सुनिशा ( भिडियो सहित )

२७ बैशाख २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


कोरना कहरका कारण विश्वभरीनै व्यापार, व्यवसायदेखि मनोरञ्जन क्षेत्र समेत प्रभावित भएको छ। मनोरंजन उद्योग स्थगित हुँदा संसारभर नै कलाकारहरु सामाजिक सञ्जाल मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन ।लामो लकडाउनको समयलाई सदुपयोग गर्दै प्रतिभाशाली गायक रनमगरले ‘मायालु प्रियशी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।पप भर्सनको यस गीतमा स्वर रन मगरको रहेको छ भने शब्द प्रजीत रानाको रहेको छ । गीतमा संगीत चर्चित गायक तथा संगीतकार जेम्स प्रधानको रहेको छ ।

द साइलेण्ट मंक ब्याण्ड फिचर्ड म्युजिक भिडियोमा भानु तिवारी , सुनिशा क्षेत्री, लक्ष्मी अधिकारी र नन्दु मिश्रको अभिनय रहेको छ । कर्मा ब्याण्डका गायक सुरेन्द्र मान सिंहले भिडियोलाई छायांकन र सम्पादन गरेका हुन् । नन्दु मिश्रको लगानीमा निर्माण भएको भिडियोलाई प्रजीत रानाको निर्देशनमा तयार पारिएको हो ।ओएसआर डिजिटलको च्यानल बाट सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । यस भिडियोलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई सम्पुर्ण म्युजिक भिडियो टिमले आग्रह गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे