६ जनाको रिपोर्ट नेगेटिभ होम क्वारेन्टाईनमा बस्ने गरि घर पठाईयो

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली बैशाख २७, मसुरीया-देउखुरी दाङ- कोरना संक्रमण रिपोर्ट नेगेटिभ आएपछि राप्ती गाउँपालिकाका ६ जनालाई होम क्वारेन्टाईनमा बस्ने गरि घर पठाईएको छ ।छिमेकी मुलुक भारतबाट घर फर्किएका राप्ती गाउँपालिका वडा नं ९ का ६ जना युवाहरूको कोरना रहे नरहेको चेकजाच गर्दा कोरना संक्रमण नरहेको पाईएको हो ।राप्ती गाउँपालिका वडा नं ९ का ३२, १८, १९, ३४,१९ र २३ वर्षका ती युवाहरू मजदुरी गरि घर फर्किएका थिए । ६ जना मध्ये ४ जना बुधबार र २ जना बिहीबार राप्ती गाउँपालिका आइपुगेका हुन थिए ।

युवाहरुका अनुसार भारतबाट कृष्णनगर वोडर सम्म साइकलमा त्यस पछि कृष्णनगरबाट चन्द्रौटा सम्म पैदल यात्रा र चन्द्रौटाबाट राप्ती गाउँपालिका सम्म गाडी चढेर आएका थिए । राप्ती गाउँपालिका वडा नं ९ देवीकोटका ६ जना युवाहरूलाई गाउँ आउन लागेको थाहा पाएपछि वडा कार्यालय, स्वास्थ्य कर्मी, जनप्रतिनिधि र गाउँलेहरूले सम्झाई बुझाई लालमटिया स्थीत ऐरावति बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएको थियो ।वडा नं ९ का प्रकास, बेगम, अर्जुन, शिशिर, राजु र द्धवय नाम गरेका ति युवाहरु लाई बिहीबार पिसिआर परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको थियो ।स्वाप परिक्षण पछि उनीहरूलाई रिपोर्ट नेगेटिभ आएकोले घरमा गई होम क्वारेन्टाइनमा बस्ने गरि शनिवार विदा गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनुभएको छ ।