दुर्गा युवा क्लबद्वारा पांचसय जना विरामी र कुरुवालाई खाना

प्रकाशित मिति:

भैरहवा, २७ बैसाख । भैरहवाको दुर्गा युवा क्लब खजहनाले अस्पतालका विरामी र विरामीका कुरुवालाई खाना खुवाएको छ । सिद्धार्थ नगरपालिका–३ स्थित क्लबले युनिभर्सल मेडिकल कलेज रानीगाउं भैरहवामा विभिन्न जिल्लाबाट आएर भर्ना भएका विरामी र कुरुवा गरी पांच सय जनालाई शनिबार खाना खुवाएको हो ।

लकडाउनका कारण होटेल नखुल्दा समस्यामा परेका विरामी र कुरुवालाई मानवीय सेवाभावले खाना खुवाइएको क्लबका अध्यक्ष दिनेश गुरुङले बताए । क्लबले पर्सी सोमबार पनि विरामी र कुरुवालाई खाना खुवाउने कार्यक्रम तय गरेको क्लबका उपाध्यक्ष सन्जिव रोक्काले जानकारी दिए । खाना खुवाउने कार्यक्रमलाई प्रकाश बनियाले समेत सहयोग गरेका रोक्काले बताए ।