तरुण दलले वालिङ चोकमा राख्यो खुट्टाद्धारा संचालित हात धुने मेशिन

प्रकाशित मिति:

स्याङजा-नेपाल तरूण दल स्याङ्जाले वालिङ चोकमा खुट्टाद्वारा संचालित हुने हात धुने मेसिन राखेको छ । कोरोना महामारी बिरूद्धको अभियानमा हातेमालो गर्ने उदेश्यले नेपाल तरूण दल केन्द्रीय कार्यालयको परिपत्र र तरूण दल स्याङ्जाको भिडियो कन्फ्रेन्स बैठकको निर्णयानुसार नेपाल तरूण दल वालिङ नगर कार्यसमितिको पहलमा उक्त मेसिन राखिएको हो।मेसिनको दुईतर्फ खुट्टाले थिच्दा पानी र साबुन उपलब्ध हुन्छ । प्रयोग गर्न अत्यन्तै सजिलो तरिका रहेको मेसिनको डिजाइन नेबिसंघका नेता ईन्जिनियर अनुप श्रेष्ठले गर्नुभएको हो भने स्याङ्जा युनिभर्सल मेटल ईन्डस्ट्रिजले तयार पारेको हो।

कार्यक्रममा नेपाली काँग्रेस स्याङ्जाका कार्यबाहक सभापति कुमार राना, भीरकोट नगरपालिकाका मेयर छाँयाराम खनाल,वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँण,प्रदेश सांसद भागवत प्रकाश मल्ल, महिला संघ केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी, भीरकोट नगरपालिकाका उपमेयर सिमा कर्माचार्य,स्याङ्जा काँग्रेसका प्रवक्ता ईन्द्र गोदार, क्षेत्रीय सभापति अर्जुनप्रकाश अर्याल, महासमिति सदस्य हिरादेबि शर्मा, लगायतको उपस्थिति थियो।कार्यक्रममा काग्रेस स्याङजाका कार्यवाहक सभापति रानाले यसको प्रयोग, संरक्षण र निरन्तरतामा सबैले सहयोग गर्नु पर्ने बताउदै यस्ता खालका मेशिनलाई सबै सार्वजनिक स्थलमा राख्नु पर्नेमा जोड दिनुभयो ।

मेसिनको उपयोगिता र तरूण दल स्याङ्जाको कोरोना बिरूद्दको अभियानको बारेमा बोल्दै तरूण दल स्याङ्जाका उपाध्यक्ष रबिन के।सीले यस्तो मेसिन जिल्लाका सबै स्यथानीय तहमा राख्ने योजना तरूण दल स्याङ्जाको रहेको बताउनुभयो ।तरूण दल वालिङका अध्यक्ष आशिषप्रताप खाँणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जिल्ला उपाध्यक्ष रबिन केसी र संचालन तरूण दल क्षेत्रीय सचिव दीपक रेग्मी ले गर्नुभएको थियो ।वालिङ नगरपालिकाको मुख्य बजार एवं ब्यस्त चोकमा राखिएको यस्ता् मेशिनवाट धेरै ब्यक्तिहरु लाभान्तिव हुनेछन ।