सुनौली सीमानाकामा १३ सय नेपाली भेला

प्रकाशित मिति:

काठमाडौं/नेपाल – भारत सीमानाका सुनौलीमा १३ सयभन्दा बढी नेपाली भेला भएका छन् ।कोरोना भाइरसको संक्रमण बढेपछि भारतमा जारी लकडाउनले उद्योग कलकारखाना बन्द भएपछि रोजगारी गुमाएका नेपाली स्वदेश फर्किन थालेका हुन् ।तर नेपाल पनि लकडाउन जारी रहेपछि उनीहरू सीमानाका बनाइएका क्वारेन्टाइनमा बस्न बाध्य भएका छन् ।

भारतीय पक्षले नेपालीहरु नाकामा भेला हुने क्रम बढ्दै गएकाले अझै सीमानामा नेपाली भेला भए उनीहरुलाई क्वारेन्टाइनमा राख्न नसक्ने बताएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक इश्वरी अधिकारीले जानकारी दिए । खबरहब बाट