३ करोड ३० लाखभन्दा बढी मानिस बेरोजगार भए अमेरिकामा

प्रकाशित मिति:

काठमाडौं – कोरोना भाइरसको महामारीले उद्योग, ब्यापार व्यवसाय ठप्प भएको अमेरिकामा ३ करोड ३० लाखभन्दा बढी मानिस बेरोगार भएका छन् ।कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएकाहरुलाई गत हप्ता सरकारले दिएको सहुलियत लिने बेरोजगारहरुको संख्या नै ३२ लाखभन्दा बढी रहेको बीबीसीले जनाएको छ

हालै सार्वजनिक भएको एक प्रतिवेदनमा हरेक मुख्य क्षेत्रमा धेरै मानिसको रोजगारी कटौती भएको भने अप्रिल महिनामा मात्रै १४।७ प्रतिशत बेरोजगारी सृजना भएको छ ।अमेरिकामा यसअघि १०।४ प्रतिशत बेरोजगारी दर रहेकोमा अहिले १४।७ प्रतिशत पुगेको छ ।यो बृद्धिदर सन् १९४८ पछिकै सवैभन्दा धेरै भएको जनाइएको छ । अमेरिकामा अप्रिल महिनामा मात्रै झण्डै दुई करोड नागरिकले रोजगारी गुमाएका छन् ।