भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन ६ विद्यार्थी संगठनको माग

प्रकाशित मिति:

काठमाडौ नेपाल विद्यार्थी संघलगायत ६ विद्यार्थी संगठनले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाउँदै भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन माग गरेका छन्।नेपाली भूमि फिर्ता गर्न, भारतीय दादागिरी बन्द गर्न र नेपालको सार्वभौमिकतालाई सम्मान गर्न भारतीय शासकवर्गलाई संयुक्त विद्यार्थी आन्दोलनको तर्फबाट चेतावनी दिएका छन् । भारतको मिचाह र सरकारको लम्पसारवादी प्रवृत्ति खतरनाक छ। सडक आन्दोलनका लागि तयार रहन आग्रह गर्छौं,’ विद्यार्थीहरूले परराष्ट्रमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ।

ज्ञापन पत्र बुझाउन पुगेकामध्ये एक नेविसंघ महामन्त्री दीपक भट्टराईले आफूहरूले नेपालका भूभाग समेटिएको नक्सा जारी गर्न आग्रह गरेको बताए।जवाफमा मन्त्री ज्ञवालीले यसअघिका सरकारले कुटनीतिक पहलकदमी नगर्दा समस्या देखिएको बताएका थिए। नेविसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवि ढकाल, अखिल पाँचौका अध्यक्ष घनश्याम मिश्र, अखिल क्रान्तिकारी०का अध्यक्ष आलोक रायमाझी, राप्रविसंघका अध्यक्ष महेशबहादुर सिंह, अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष सन्देश भट्टराई, राप्रविसंघ संयुक्तका अध्यक्ष धनसुर शाहीले परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र बुझाएको नेविसंघ महामन्त्री युवराज पाण्डेयले जानकारी दिएका छन्