बिपन्नको बस्ती बस्तिमा नेविसंघ तरुण दल कपिलवस्तु

प्रकाशित मिति:

नेविसंघ छेत्र नं -१ र तरुण दल कपिलवस्तुको बिपन्न परिवारलाई खाद्यान्न सहयोग आयोजना कार्यक्रममा नेका जिल्ला सदस्य रबि काफ्ले जिल्ला समन्वय समितिकि तारावती चौधरी,छेत्रीय कोषाध्यक्ष ज्ञानु कार्की , तरुण दल छेत्रीय सभापति तिलक थापा,सदस्य दिपक घिमिरे ,कृष्ण पराजुली,नेविसंघका इकाई सभापति दिनेश छेत्री,त्यसैगरी नेपाली कांग्रेसका नेता समाजसेवी ब्यक्तित्व मुकेश खनाल,बलराम घिमिरे,लछमण कडेल,भग्गु चौधरी वडा सभापति गोबिन्द चौधरी, शालिकराम पौडेल,रामबिहारि चौधरी,नगर सदस्य जेदप्रकाश खनाल, गेल्हईराम गुप्ता वडा सदस्यहरु रामनछयत्र चौधरी,दिलमाया थापा,बिन्दु बिक लगायतको उपस्थितिमा बिपन्न परिवारलाई खाद्यान्न हस्तान्तरण गरिएको छ । यसभन्दा अघि जिल्ला भरिमा कोठा भाडामा बस्ने विद्यार्थी बिपन्न परिवार, कोठा भाडामा बस्ने परिवार गरेर करिब १००० भन्दा बढी परिवारलाई सहयोग बाडिएको थियो।

आज बाणगङ्गाका ३ वटा वडामा गरेर १३० जति बाढिएको छ। वडा नं। ११ ओदारी, वडा नं।-१० पटना मेचकुरी डाडा र वडा नं। ५ को कोपवा र झण्डामा बिपन्न परिवारलाई दाल,चामल,नुन र तेल बाढिएको छ। तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरी र नेविसंघ छेत्रीय सभापति चन्द्रकान्त पोख्रेल,को अगुवाईमा नगरपालिका वडा र प्रदेश सरकार बाट नपाएका र छुटेका परिवारलाई बाडिएको यो दोश्रो चरण हो। वाणगंगा नगरपालिका ११ वडाको ओदारी, वडा नं। १० को पट्ना र मेचकुरी डांडा र वडा नं। ५ को कोपवा र झण्डाका १ सय ३० बढि परिवारलाई राहत स्वरुप सामाजिक दुरी कायम गरी प्रतिपरिवार एक एक बोरा चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न वितरण गरिएको नेविसंघ क्षेत्रनम्बर १का सभापति चन्द्रकान्त पोख्रेलले जानकारी दिनुभयो ।कुनै गरिव परिवार भोकै बस्न नपरोस भन्ने उद्देश्यले विशुद्ध समाजिक सेवामा समर्पित भई सामाजसेवामा खटिएको पोख्रेलले बताउनु भयो ।

हामि राजनीति भन्दा पनि माथी उठेर काम गरिराखेका छौ यो बेला आफ्नो स्वास्थ र परिवार भन्दा पनि कोहि भोकै मर्न नपरोस भनी हामिहरु सक्दो सहयोगका लागि लागिपरेको पोख्रेलको भनाई छ। लकडाउन घोषणा भईसकेपछि श्रमिक, मजदुर, गरिव तथा अति विपन्न परिवारलाई धेरै नै समस्या हुने गरेको छ । त्यही समस्यालाई बुझेर तरुण र विद्यार्थीहरुले खाजा र अन्य फजुल खर्च कटाएर राहत वितरण गरेको तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरीले जानकारी दिनु भयो । यस्तो विपत्तिमा कसैले राजनीति गर्न नहुने भन्दै ठकुरीले सबै मिलेर हातेमालो गरेर जुधेमा मात्र कोरोनाको लडाईमा जित हासिल गर्न सकिने बताउनु भयो । साथै उहाँले नगरपालिका र प्रदेश सरकारले कोरोना विपत्तिमा प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनु भयो ।साथै नेविसंघ र तरुण दलले आफ्नो यो अभियानलाई निरन्तर रुपमा चलाउने बताएको छ।भने कोहि अफ्ठ्यारोमा पर्न हुन्न भन्दै कोहि तेस्तो समस्यामा परेमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।