गगन थापाले सुनाए संसदमा प्रधानमन्त्रीमा समर्पित बाल कविता

प्रकाशित मिति:

नक्सा मेटिएको न त लिपुलेकलाई डोजरले रेटिएको – यस्तो सबल सरकार छ सीमा कसले मिच्नी कोही छैनन् जोरी खोज्ने, छैनन् कोही हेप्नी-सयौं कोश हिँड्दा पनि श्रमिक छैनन आहत, गरीवलाई सम्मान छ सरकारबाट राहत-विदेशमा कोही पनि अलपत्र छैनन् दुस्ख पीडा सुनाउने ति नेपाली नै हैनन्- जनताको व्यथालाई ध्यान दिएर सुन्ने कृषक, साना व्यापारीको सारै मर्म बुझ्ने-भ्रष्टाचारलाई नसहने सरकारको छ नीति हावादारी हल्ला हुन्

ओम्नी र यति सरकार यस्तो इमानदार यस्तो स्वाभिमानी आलोचना ग्रहण गर्छ सल्लाह सुझाव ठानि सवैतिर वाह, वाहै-यस्तो विकास देख्दा पत्रकार नि दंग छन, यी समाचार लेख्दा-कोमल हृदयका प्रधानमन्त्री, आसू कवि हाम्रा दिन नबिराई सृजना छ-आहा कति राम्रा राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला गीत,कविता भट्याउँदै कालापानी जाउँला-सारा नेपाल हाँसेको छ, मेची,काली गाउँछ आँसु आए बरु त्यही कविताले आउँछ यस्तो नायक गजबका ल्यायौं जानीजानी अहो- हामी नेपाली त सारै भाग्यमानी११ अहो१ सारै भाग्यमानी म त भाग्यमानी