नेपाली रेडियो नेटवर्कमा दिएको मन्त्री अर्यालको अन्तर्वार्ता विवादमा, माफी माग्न दवाव भिडीयो सहीत

प्रकाशित मिति:

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेकपाको अन्तर्राष्ट्रिय विभाग प्रभुख माधव कुमार नेपालले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।  नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा मन्त्री अर्यालले नेपालको नक्सामा लिम्पियाधुरा छैन भनेर दिनुभएको अभिव्यक्तिप्रति उहाँले आपत्ति जनाउनु भएको हो । नेता नेपालले आफ्नै पार्टीबाट मन्त्री भएकी अर्याललाई तत्काल माफी माग्न पनि निर्देशन दिनुभएको छ ।

उहाले मन्त्री अर्याललाई त्यस्तो नबोल्न सुझाव पनि दिनुभएको छ । सोमबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता नेपालले भन्नुभयो, ‘सरकारलाई विवादित बनाउने काम नगर्नुस् । तत्काल माफी मागिहाल्नुस्।’बैठकमा अन्य सांसदहरुले पनि मन्त्री अर्यालको अभिव्यक्ति आपत्तिजनक र गैरजिम्मेबारपूर्ण भएको टिप्पणी गरेका थिए । बैठकमा नेपाली रेडियो नेटवर्कबाट प्रसारित अन्तर्वार्ता नै बजाएर सुनाएर आपत्ति प्रकट गरिएको एक साँसदले जानकारी दिएका छन् ।मन्त्री अर्यालको विवादित अन्तर्वार्ता तलको लिंकमा गएर सुन्न सकिन्छ ।